ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुष्पलालका विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक– मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज
श्रावण ७, २०७६ मंगलबार  ४ : २२ बजे

 

काठमाडौं , ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ ।

पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित पुष्पलाल अध्ययन प्रतिष्ठान परिसरमा निर्मित पुष्पलालको अर्धकदको सालिक आज अनावरण गर्दै उहाँले पुष्पलालले अघि सार्नुभएको विचारकै जगमा नेपाली कम्युनिष्ट आन्दोलन वर्तमानसम्म आइपुगेको बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक नेतृत्व दिएर पुष्पलालले अतुलनीय योगदान गर्नुभएको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले तिनै विचार र सिद्धान्तलाई आत्मसात् गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राख्नुभयो ।

नेकपालाई कमजोर बनाउन विभिन्न रुपमा षडयन्त्र भइरहेको चर्चा गर्दै उहाँले अवसरवादी सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री गुरुङले प्रतिष्ठानको हातामा निर्माण गरिएको कम्युनिष्ट नेता बलराम उपाध्यायको अर्धकदको सालिककोसमेत अनावरण गर्नुभएको थियो ।

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले नेपाली समाजको रुपान्तरणमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिष्ठानलाई कम्युनिष्ट पार्टीको अध्ययन अनुसन्धानको थलोका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा राजनीतिक उपलब्धिसँगै समृद्धिको आन्दोलनमा लाग्नुपर्ने आजको आवश्यकता भएको धारणा राख्नुभयो ।

पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य खगराज अधिकारीले विभिन्न सङ्घसंस्था र व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको प्रतिष्ठानको तीन तल्ले पक्की भवन निर्माण भइरहेको बताउँदै नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलाललाई नजीकबाट चिन्न र बुझ्न सकिने गरी काम गरिने जानकारी दिनुभयो ।

नेकपा कास्कीका अध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको बृहत् हितमा काम गरिनुपर्ने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवम् पुष्पलाल अध्ययन प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष भीम कार्कीले प्रतिष्ठानले नेपालको कम्युनिष्ट आन्दोलन सङ्गठित र सशक्त बनाउन कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

गाजाको भोकमरीदेखि ट्रम्पको गोपनीयतासम्म: यी हुन् यस वर्षका पुलित्जर विजेताहरू

सम्बन्धित

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com