ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिराको उच्च जोखिममा, रुकुमको वडा कार्यालय


एबीसी न्यूज
श्रावण ७, २०७६ मंगलबार  ३ : १५ बजे

 

रुकुमपूर्व, ७ साउन । सिस्ने गाउँपालिका–७ को वडा कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले सिस्नेरीमा रहेको वडा कार्यालयको एक भाग पुरिएको त्यहाँका वडाध्यक्ष अमृत बुढाथोकीले बताउनुभयो ।

करिव ४० मिटर माथिबाट झरेको पहिरोले टिनको छाना भएको दुईकोठे भवनको एकापटिको सबै भाग पुरेकाले त्यसस्थान आसपासका बासिन्दा त्रस्त भएका छन् । गए रातिको लगातार वर्षाले बिहान ४ बजे पहिरो झरेको वडा कार्यालयले जनाएको छ ।

पहिरोका कारण वडा कार्यालय भवनको ठाउँठाउँमा चर्किनाका साथै पहिरो झरेकै ठाउँबाट एउटा ठूलो रूख पनि पहिरासँगै बगेर आउन सक्ने सम्भावना भएकाले सो रूख नहटाए उक्त कार्यालयमा ठूलो क्षति पुग्नसक्ने उहाँले जानकारी दिनुभयो । त्यहाँको सामान तत्काल अन्त सार्नका लागि सुरक्षित ठाउँ नभएकाले स्थानीयवासीको सक्रियतामा वडा कार्यालयमा आएको पहिरो र रूखलाई हटाइने अध्यक्ष बुढाथोकीले बताउनुभयो । जुनसुकै बेलामा पनि पहिरो झर्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत भई बस्न स्थानीय प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक वीरबहादुर बुढाले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

गाजाको भोकमरीदेखि ट्रम्पको गोपनीयतासम्म: यी हुन् यस वर्षका पुलित्जर विजेताहरू

सम्बन्धित

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com