ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीप दुर्घटनामा चालकसहित १० जना घाइते


एबीसी न्यूज
श्रावण ६, २०७६ सोमबार  ८ : ०७ बजे

 

काठमाडौं, ६ साउन । पूर्वीचौक गाउँपालिका–५ कुडीगाडा र केआइसिंह गाउँपालिका सलेनामा आज छुट्टाछुट्टै जीप दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । धनगढीबाट अछामतर्फ जाँदै गरेको बा १९ च ५३७ नं को जीप दुर्घटना हुँदा चालक अछामको मङ्गलसेन नगरपालिका–५ का थलेन्द्र उपाध्याय, जीपमा सवार कमलबजार नगरपालिका–९ का दीपकप्रसाद उपाध्याय, जयगड गाउँपालिका–६ का रितेश ठकुल्ला, सोही ठाउँका हरक ठकुल्ला, रोनिश ठकुल्ला, दीपा ठकुल्ला र रामारोशन गाउँपालिका–१ का रेजिना खनाल घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि अछामको बलयपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी केआइसिंह गाउँपालिका–७ भूमिराजमाडौँको सलेनामा बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सलेनाबाट दिपायलतर्फ आउँदै गरेको से १ ज ६१५ नं को जीप दुर्घटना भएको हो । दुर्घटनामा परी केआइसिंह–६ का सरस्वती भुल, सोही ठाउँकी तुलसी भुल र धना बिठारी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार घाइतेको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com