ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेपत्ताको ९१ वर्षपछि काजकीरिया 


एबीसी न्यूज
श्रावण ४, २०७६ शनिबार  ८ : २१ बजे

 

काठमाडौं, ४ साउन । बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकीरिया थालेका छन् ।

जन्मले १०० वर्ष पुग्नुभएका नन्दीकेशर अधिकारी ९बैकुण्ठ०को हिन्दू संस्कारअनुसार काजकीरिया थालिएको हो । गत मङ्गलबार कुशको ‘शव’ बनाएर अधिकारीको अन्तिम संस्कार गरिएको छ । सोही दिनदेखि नन्दीकेशरको भाइका एक नाति कुमार अधिकारी कोरा बारेर १३ दिनकै कीरिया बस्नुभएको छ ।

मान्छेको मृत्यु भएपछि हिन्दू परम्पराअनुसार १३ दिनसम्म कोरा बस्ने, अलिनो खाने, शुभकार्य नगर्ने, बन्धु र आफन्तले सीदा ल्याउने, शोक प्रकट गर्नेलगायतको एउटै प्रक्रिया हुने नन्दीकेशरका अर्का नाति राजनप्रसाद अधिकारीले जानकारी दिनुभयो । हिन्दू संस्कारमा ‘नारायणवली’ भनिने यो प्रक्रियामा बेपत्ता भएको मानिस १०० वर्ष हँुदासम्म पनि फेला नपरे मृत्यु भएको मानेर अन्तिम संस्कार गर्ने चलन रहँदै आएको छ ।

राजनका अनुसार विसं १९६५ मा जन्मिनुभएका नन्दीकेशर १९८५ मा परदेश जानुभएको थियो । “हजुरबुबा विदेशिएदेखि नै बेपत्ता हुनुभएपछि हिन्दू संस्कारअनुसार अहिले काजकीरिया गर्दैछौँ”, राजनले भन्नुभयो । सात वर्षको उमेरमा विवाह गर्नुभएका नन्दीकेशरको श्रीमती बेदमायाको पनि विसं २०४२ मा मृत्यु भइसकेको छ । उहाँहरुबाट कुनै जायजन्म भएको थिएन ।

मुलुकी देवानी संहिता २०७४ को भाग–२ व्यक्तिसम्बन्धी कानूनको परिच्छेद–१ को प्राकृतिक व्यक्तिसम्बन्धी व्यवस्थामा कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले १२ वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com