ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्नुपर्छ– मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज

 

काठमाडौं, २ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहरू अघि बढेको बताउनुभएको छ ।

नेकपा जिल्ला कमिटी नवलपुरद्वारा पार्टी केन्द्रीय सदस्य एवं सङ्घीय सांसद तिलक महतका आमा नन्दकलीको छैटौँ पुण्य तिथिका अवसरमा कावासोतीमा आयोजित श्रद्धाञ्जलिसभामा पार्टीको गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टीभित्र मौलाएको विसङ्गति र विकृतिका विरुद्धमा सङ्गठित भएर सामना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कोराला, पोखरा भिमाद हुँदै पूर्वपश्चिम राजमार्ग जोड्दै सुस्ता पूर्व त्रिवेणीसम्म सडक निर्माण गर्ने प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि कतिपय कानूनी अड्चन फुकाउन सङ्घीय सरकारले ढिलासुस्ती गरेको धारणा राख्नुभयो ।

गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्ष ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य रहेपनि कर्मचारी अभाव, विभिन्न ऐन नीति, कार्यविधि समयमा निर्माण हुन नसक्दा सोचे अनुसारको खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले चालू आर्थिक वर्षमा लक्ष्य प्राप्तिका लागि समयमै विकास निर्माणमा जुट्ने बताउनुभयो ।

कावासोतीस्थित आप्mनो निवासमा दुःखमा बस्नुभएका सांसद महतले आमाको प्रेरणाले आपूm राजनैतिक क्षेत्रमा लाग्न सफल भएको बताउनुभयो । पार्टीको नवलपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य रोशन गाहामगरले पार्टीको जुनसुुकै अवस्थामा पनि सहयोग पु¥याउँदै आउनुभएको आमा नन्दकलीको निधनले अपुरणीय क्षति पुगेको बताउँदै अग्रजले देखेका सपना पूरा गर्न सिङ्गो पार्टी पङ्ति सङ्गठित भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

सभामा मुख्यमन्त्री गुरुङ, पार्टी स्थायी कमिटी सदस्य सोमनाथ प्यासी, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश सरकारका भौतिक योजना तथा विकासमन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल कृषिमन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान लगायतले स्वर्गीय नन्दकलीप्रति श्रद्धान्जलि अर्पण गर्नुभयो ।

नन्दकलीको काठमाडौँमा उपचारका क्रममा असार २७ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com