ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राजदूतको ट्विट : ठूलो आयोजनामा हाम्रै कम्पनीले काम गरिरहेको छ


ABC NEWS
असार ११, २०७६ बुधबार  १२ : २० बजे

काठमाडौं ११ असार । ऊर्जामन्त्री वर्षमान पुनले मंगलबार चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा चिनियाँ कम्पनीको काम गराइप्रति असन्तुष्टि जनाएको केही घण्टामा नै चिनिया राजदूतले ट्विट मार्फत जवाफ दिएकी छन् । राजदूत हाउ यन्छीले चिनियाँ कम्पनीहरुले काममा ढिलाइ गरेको भन्ने मन्त्रीको भनाईप्रतिको अनिच्छा व्यक्त गरेकी छन् ।
‘नेपालमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना चीन जलविद्युत संस्थाले गरेको हो,’ राजदूत होउले ट्वीट गरेकी छन् ।


नेपालमा निर्माण भइरहेका जलवीद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना चीन जलविद्युत संस्थाले गरेको हो । राजदूत यान्छीले तामाकोसीको ड्याम साइट र सुरुङको फोटो ससससहित आफ्नै तरिकाले काम गरिरहेको सन्देश दिएकी छन । तामकोशी हाइड्रो पावरमा चीनको सिनो हाइड्रो कर्पोरेसन कम्पनीले काम गरिरहेको छ ।

मंगलबारको भेटमा मन्त्री पुनले अन्य देशमा राम्रो काम गर्ने चिनियाँ कम्पनीहरु नेपालमा आएर भने राम्रो कार्यसम्पादन गर्न नचाहेको बताएको प्रति चिनिया राजदूतले आश्चार्य मानेको स्रतको दावी छ । स्रोतका अनुससार मन्त्रीको भनाई उनको आफ्नै हो वा अरुको भन्नेमा गम्भीर शंका रहेको बताइएको छ । ‘चिनियाँ कम्पनीले अन्य देशमा राम्रो काम गरिरहेका छन् । यहाँ किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ ? ,’ राजदूतसँग मन्त्री पुनले राखेको जिज्ञासा उद्धृत गर्दै मन्त्री पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको थियो ।जबकी कुनै कुटनीतिज्ञसंग भएको भेटपछि यस्तो खालको प्रश्न गरेर वक्तव्य निकाल्नु एकप्रकारको उछृंगलता नै हो ।

राजदूत यान्छीले नेपालमा चिनियाँ कम्पनीको काममा भएको समस्याबारे अध्ययन गरिरहेको बताउंदै धेरै खालका समस्या रहेको कम्पनीहरुले पनि बताउने गरेको मन्त्रीलाई जानकारी गराएकी थिइन । राजदूतका अनुससार चिनियाँ कम्पनीले भिसा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण लगायतका समस्याले पनि काममा आशातित प्रगति नभएको बताएकी थिइन ।
चिनियाँ कम्पनीले काम गरिरहेको त्रिशूली थ्री एमा ढिलाइ भइरहेको भन्दै नेपाल सरकार सन्तुष्ट नभएको मन्त्रीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com