ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाजा कार्यक्रममा प्रधानाध्यापकले गरे अनियमितता


एबीसी न्यूज

धनुषा, २७ जेठ । धनुषाको मिथिलाबिहारी नगरपालिका ८ कचुरीस्थित मिथिला आधारभुत विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई दिइने दिवा खाजा कार्यक्रम रोकेर अनियमितता गरेका छन् ।

विद्यालयले अहिलेसम्म दिवा खाजा कार्यक्रम सुरु गरेका छैन । करिव एक वर्षअघिबाट नै विद्यालयमा खाजा बांड्ने योजना भएपनि अन्य विद्यालयहरुमा भने गत वैशाखदेखि दिवा खाजा कार्यक्रम सुरु भइसकेको छ । विद्यालयको खातामा नगरपालिकाले खाजा कार्यक्रमको लागि पैसा पठाइसक्दा पनि विद्यालयका प्रधानाध्यापक राम बिलास यादबको लापरबाहिले खाजा कार्यक्रम सुचारु हुन सकेको छैन ।

खाजा कार्यक्रम बाल विकासदेखि कक्षा पँंच सम्मका विद्यार्थीले पाउनुपर्ने हो । विद्यालयमा खाजा पाउने गरी २ सय ६० जना विद्यार्थि छन् । प्रधानाध्यापक यादबले पैसा खातामा आइसकेको स्वीकार्दै आफुले विद्यार्थिलाइ खाजा नदिइ पैसा दिने योजनामा रहेका बताउनुभयो ।

तर, जिल्ला शिक्षा समन्वय समिति धनुषाका प्रमुख बर्खुप्रसाद रजकले दिवा खाजा कार्यक्रमको सट्टामा पैसा बांड्ने नमिल्ने बताउनुभयो । आफुले दिवा खाजा कार्यक्रम नै प्रभावकारि बनाउन सम्पुर्ण स्थानिय तह र विद्यालयलाई दबाब दिइरहेको उहांले बताउनुभयो ।नगरपालिकाकी उपप्रमुख अनिता कुमारी साहले आफ्नो नगरपालिकाको सबै बिद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भैसकेको बताउनुभयो । अभिभावक लक्ष्मिनिया दासले विद्यालयमा विभिन्न योजना भएपनि विद्यार्थिलाई विद्यालयले केहि दिने नगरेकोले छोरी विद्यालय जान नमानेको गुनासो गर्नुभयो ।  दिबा खाजा कार्यक्रमको लागि धनुषमा मात्र करिब ५० करोड रुपिया बराबर बजेट रहेको छ । दिवा खाजा कार्यक्रम सुरु नहुँदा एकातिर बजेट फ्रिज हुने र अर्कातिर खाजाको पैसा दुरुपयोग हुने चिन्ता बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com