ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाजा कार्यक्रममा प्रधानाध्यापकले गरे अनियमितता


एबीसी न्यूज
जेष्ठ २७, २०७६ सोमबार  २ : ४० बजे

धनुषा, २७ जेठ । धनुषाको मिथिलाबिहारी नगरपालिका ८ कचुरीस्थित मिथिला आधारभुत विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई दिइने दिवा खाजा कार्यक्रम रोकेर अनियमितता गरेका छन् ।

विद्यालयले अहिलेसम्म दिवा खाजा कार्यक्रम सुरु गरेका छैन । करिव एक वर्षअघिबाट नै विद्यालयमा खाजा बांड्ने योजना भएपनि अन्य विद्यालयहरुमा भने गत वैशाखदेखि दिवा खाजा कार्यक्रम सुरु भइसकेको छ । विद्यालयको खातामा नगरपालिकाले खाजा कार्यक्रमको लागि पैसा पठाइसक्दा पनि विद्यालयका प्रधानाध्यापक राम बिलास यादबको लापरबाहिले खाजा कार्यक्रम सुचारु हुन सकेको छैन ।

खाजा कार्यक्रम बाल विकासदेखि कक्षा पँंच सम्मका विद्यार्थीले पाउनुपर्ने हो । विद्यालयमा खाजा पाउने गरी २ सय ६० जना विद्यार्थि छन् । प्रधानाध्यापक यादबले पैसा खातामा आइसकेको स्वीकार्दै आफुले विद्यार्थिलाइ खाजा नदिइ पैसा दिने योजनामा रहेका बताउनुभयो ।

तर, जिल्ला शिक्षा समन्वय समिति धनुषाका प्रमुख बर्खुप्रसाद रजकले दिवा खाजा कार्यक्रमको सट्टामा पैसा बांड्ने नमिल्ने बताउनुभयो । आफुले दिवा खाजा कार्यक्रम नै प्रभावकारि बनाउन सम्पुर्ण स्थानिय तह र विद्यालयलाई दबाब दिइरहेको उहांले बताउनुभयो ।नगरपालिकाकी उपप्रमुख अनिता कुमारी साहले आफ्नो नगरपालिकाको सबै बिद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भैसकेको बताउनुभयो । अभिभावक लक्ष्मिनिया दासले विद्यालयमा विभिन्न योजना भएपनि विद्यार्थिलाई विद्यालयले केहि दिने नगरेकोले छोरी विद्यालय जान नमानेको गुनासो गर्नुभयो ।  दिबा खाजा कार्यक्रमको लागि धनुषमा मात्र करिब ५० करोड रुपिया बराबर बजेट रहेको छ । दिवा खाजा कार्यक्रम सुरु नहुँदा एकातिर बजेट फ्रिज हुने र अर्कातिर खाजाको पैसा दुरुपयोग हुने चिन्ता बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

न्यायपूर्ण फैसला, हारजितको विषय होइन–महामन्त्रीद्वय

सम्बन्धित

आज आंशिक बदली, मौसम मुख्यतया सफा

प्रधानमन्त्रीको ‘गोप्य फोन लाइन’ : मन्त्रीका लागि छुट्टै सेट र सिम, बढ्यो चासो र शंका

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

विद्यालय सञ्चालन मिति विवाद र शिक्षा नीति अस्पष्टताबारे शिक्षाविद्हरूको चिन्ता (भिडियोसहित)

एनआरएनए लगानी सकारात्मक: एनआरएनए उपाध्यक्ष , प्रधान भिडियो

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com