ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोनाहका बालबालिका उच्च शिक्षाबाट वञ्चित


एबीसी न्यूज
जेष्ठ २४, २०७६ शुक्रबार  ३ : १० बजे

 

काठमाडौं, २४ जेठ । बर्दियाको गेरुवा गाउँपालिकाका सोनाहका बालबालिका उच्च शिक्षा लिनबाट वञ्चित भएका छन् । नदी किनारमा बसेर जीविका चलाउँदै आएका सोनाहका बालबालिका शुरुमा विद्यालयमा भर्ना भए पनि बीचैमा विद्यालय छोड्ने गरेका छन् ।

“आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु १०/१२ वर्ष पुगेपछि विद्यालय जानुको सट्टा नदी किनारामा माछा मार्न वा सुन खोज्न हिँड्छन्”, सोनाहका अगुवा दुखराम सोनाहले भन्नुभयो, “पेट पाल्नकै लागि बिहानै खाना बोकेर दिनभरि नदी किनारमा सुन खोज्छन् र बेलुका घर फर्किन्छन् ।” “अधिकांश बालबालिका विद्यालय जान्नन् । जाने बालबालिका पनि विद्यालय बन्द भएको दिन नदीमा गएर माछा मार्ने र सुन चाल्ने काम गरेर पढाई खर्च टार्ने गर्छौं”, विद्यार्थी बाबुराम सोनाहले भन्नुभयो ।

गेरुवा गाउँपालिकाको वडा नं १ को सर्खोल, वडा नं २ को राजीपुर, वडा नं ३ को लोहारपुर र वडा नं ६ को पर्सेनीमा सोनाह बस्ती छ । ती चार वटा वडामा ९२ परिवार सोनाह छन् । त्यहाँ ४२० जना सोनाह बस्ने गर्छन् । ४२० जनामध्ये १२० जना विद्यालय जाने उमेरका बालबालिका छन् । “विद्यालय जाने उमेरका बालबालिकामध्ये कोही विद्यालय जाँदैनन् भने कोहीले ७÷८ कक्षासम्म पढेर विद्यालय छोडिसकेका छन् ।

“बालबालिकालाई विद्यालय पठाउँदा घर खर्च चलाउन र खानकै समस्या हुन्छ, अनि कसरी नियमित विद्यालय पठाउनु रु”, दुखराम भन्नुहुन्छ, “माछा मार्न र सुन चाल्न नसक्ने हुँदासम्म केही वर्ष विद्यालय पठाउछौँ अलि ठूलो भएपछि हाम्रा सहयोगी बन्छन् ।”

अहिलेसम्म चारवटै बस्तीबाट १२ जनाले मात्र १० कक्षासम्म पास गरेका छन् । १० कक्षा पास गरेकी सञ्जु सोनाहले भन्नुभयो, “बिदाको दिन र साँझ बिहान आमा बुबालाई सघाएर पढेकी हुँ, मसँग पढ्ने सबैले विद्यालय छोडे तर मलाई पढ्ने इच्छाले विद्यालयसँग जोडिराख्यो”, सञ्जु भन्नुहुन्छ, “१० कक्षा पछि भने मैले चाहेर पनि पढ्न पाइन । आजभोलि आमाबुबालाई नदी किनारमा सघाउँछु ।”

बालबालिका विद्यालय गए खर्च बढ्छ भन्दै अभिभावकले छोराछोरी पढाउन सकेका छैनन् । दिनभरि माछा मार्ने र सुन चालेर कमाएको पैसाले उनीहरुको घर र जीवन चल्छ । अभिभावक अनुष्का सोनाह भन्नुहुन्छ, “दिनभरि सुन चाल्दा, माछा मारेर कमाएको पैसाबाट घर खर्च चलाउन धौधौ पर्छ । त्यसैले बालबालिकालाई विद्यालयमा पढाउन सकिन्न । विद्यालय गए खर्च बढ्छ, घर बसे काममा सहयोग पुग्छ ।”

बालबालिकाकोे उच्च शिक्षामा पहुँचका लागि सरकारले निःशुल्क शिक्षासँगै उनीहरुलाई पालनपोषणका लागि पनि सहयोग गरे बालबालिकाले शिक्षा आर्जन गर्ने वातावरण बन्ने उनीहरु बताउँछन् । अभिभावक राजकुमार सोनाह राज्यले सोनाहका बालबालिकालाई पालनपोषणसहितको शिक्षा दिनुपर्ने बताउनुहुन्छ ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जम्मानसिंह केसी स्थानीय सरकारले सोनाह जस्ता पछाडि परेका समुदायका बालबालिकालाई उच्च शिक्षामा पहुँच बढाउनका लागि शिक्षा नियमावली बनाएर सघाउने बताउनुभयो । केसीले भन्नुभयो, “सबै समुदायका बालबालिकाको शैक्षिक अधिकार सुरक्षित गर्ने स्थानीय सरकारको योजना छ, हामी उनीहरुलाई कसरी नियमित विद्यालयसम्म लैजान्छ सकिन्छ, योजना बनाउँछौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

न्यायपूर्ण फैसला, हारजितको विषय होइन–महामन्त्रीद्वय

सम्बन्धित

आज आंशिक बदली, मौसम मुख्यतया सफा

प्रधानमन्त्रीको ‘गोप्य फोन लाइन’ : मन्त्रीका लागि छुट्टै सेट र सिम, बढ्यो चासो र शंका

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

विद्यालय सञ्चालन मिति विवाद र शिक्षा नीति अस्पष्टताबारे शिक्षाविद्हरूको चिन्ता (भिडियोसहित)

एनआरएनए लगानी सकारात्मक: एनआरएनए उपाध्यक्ष , प्रधान भिडियो

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com