ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकलाई अबदेखि मासिक तलब खुवाइने


एबीसी न्यूज

काठमाडौं,२३ जेठ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षकलाई अबदेखि मासिकरुपमा तलब उपलब्ध गराउने भएको छ । शिक्षण पेशाका कर्मचारीलाई चौमासिक तलब भुक्तानी गर्दा सधैँ आर्थिक समस्यामा परिरहने अवस्थाको अन्त्य गर्न नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ । चौमासिक तलब भुक्तानीलाई अन्त्य गर्दै हरेक महीनाको ५ गतेभित्र मासिक तलब निकासा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताउनुभयो ।

शिक्षक, कर्मचारी र बालविकासका सहयोगीसमेतलाई अबको आर्थिक वर्षबाट मासिकरुपमा तलब निकासा गर्ने बताइएको छ । “अबको चरण भनेको गुणस्तरीय शिक्षाको हुनेछ जसको पहिलो कडी शिक्षकको आर्थिक समस्यालाई हल गर्दै चौमासिक तलबलाई हामी मासिक गराउने छौँ । शिक्षा क्षेत्रमा केही नयाँ अभ्यास गर्ने चरणमा छौँ हामीले सधैँ शैक्षिक गुणस्तरका कुरा ग¥यौँ, यो भएन त्यो भएन भन्यौँ तर शिक्षकलाई हेरेनौँ”, नगरप्रमुख तामाङले भन्नुभयो ।

नगरपालिकाभित्रका सबै तहका गरेर ४५१ शिक्षक, लेखा कर्मचारी, कार्यालय सहयोगी र ६५ वटा बालविकासका सहयोगीसमेतलाई मासिक तलब भत्ताको व्यवस्था गर्न कठिन भए पनि शिक्षक, कर्मचारीको हितमा नयाँ अभ्यासको थालनी गर्ने निर्णय गरिएको नगरप्रमुख तामाङको भनाइ छ ।

हालसम्म पनि शिक्षकहरुले चौमासिक तलब भुक्तानी पाउँदै आएकामा सम्भवतः मासिक तलब भुक्तानीको निर्णय गर्ने चौतारा साँगाचोकगढी पहिलो नगरपालिका बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com