बुटवल, २१ जेठ ।
राप्रापाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पुर्व राजादेखि विप्लब माओवादी समेटेन गरि गोलमेच सम्मेलन आजको आवश्यकता भएको बताउनुभएको छ ।
मंगलबार बुटवलमा राप्रपा प्रदेश नं. ५ का कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले १२ वर्षको लोकतन्त्रको अभ्यासको अवधिमा जनता र देशको विकास र समृद्धिको पक्षमा कुनै काम हुन नसकेको दुखेसो गर्नुभयो । गरिबी बेरोजगार, भष्ट्राचार, नेपालको धर्म र र्सस्कृतिमा माथि आक्रमण, राष्ट्र विखण्डनको खतरा, लोकतन्त्रको आवरणमा सर्वसत्ताबाद र शान्ति प्रक्रिया टुगियो भनेको बेला माओवादी शक्तिको पुर्नउत्थान गरि ६ वटा मुख्य चुनौतीहरु देखा परेको उहाले बताउनुभयो ।
देश ऋणबाट चलेको भन्दै उहाले यस्तो दयनिय अवस्थामा सरकारबाट अर्थतन्त्र उकास्ने गरि योजना ल्याउन नसक्नु दुखद भएको बताउनुभयो । देशमा सतही विकास भएको भएपनि ठुलो र दरो विकास हुन नसकेको उहाले बताउनुभयो । तथ्याकबाट नै गरिब र धनिका बिचमा खाडल बढ्दै गएको पुष्टि गर्दै उहाले यसलाई सम्बोधन गर्न सरकार चुकेको बताउनुभयो । धर्मनिरेपेक्षताको नाममा धर्म परिवर्तनको काम संगठित रुपमा नै अघि बढेको उहाले बताउनुभयो । अहिलेको संघियताको स्वरुप सुधार गर्न समेत उहाले सुझाव दिदै केन्द्रमा एउटा सरकार र स्थानिय तहलाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो ।
देशको सबै प्रदेशहरुमा प्रदेश कार्यालय स्थापना गर्ने काम शुरु भएको भन्दै उहाले १२ जिल्लामा नै पार्टीको विस्तार र प्रभाव तिब्र रुपमा हुने बताउनुभयो । गत निर्वाचनमा निरासाजनक परिणाम आएपनि कार्यकर्ताहरुमा छाएको निरासालाई पछिल्लो समय संगठन सुदृद्धिकरण, मेचीमहाकाली यात्रा, जनसंघणको कार्यक्रमले पार्टी पंक्ति पुर्नजागृत भएको दाबी गर्दै पार्टीको भविष्यप्रति आमजनतामा विश्वासको वातावरण सृजना भएको बताउनुभयो । काग्रेस र कम्न्युष्टको बिकल्पको विरुद्धको शक्तिका रुपमा राप्रपा भएको भन्दै उहाले देशलाई एउटा बलियो राष्ट्रबादी प्रजातन्त्रबादी धार पार्टीमार्फत राप्रपाले अगाडी बढाएको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी उपाध्यक्ष दिपक बोहराले पछिल्लो निर्वाचनमा जनताले पार्टीलाई एकतावद्ध गर्न म्याण्डेड दिएको बताउनुभयो । पार्टीको क्रियाकलाप र नीतिले नै राष्ट्रबाद भएको पुष्टि गरेको भन्दै उहाले टुटफुट हटाउन सके देशमा अबको सरकार बनाउने काम राप्रपाले गर्ने समेत उहाले दाबी गनुभयो । देशमा धर्म परिवर्तनको विषय गम्भिर भएपनि धर्म परिवर्तन गर्ने एकजनालाई पनि सरकारले कारवाही नगरेको उहाले दुखेसो गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्