ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल सरकार परिवर्तन हुँदैन हल्लाको पछाडि नलाग्नुहोस – मन्त्री बाँस्कोटा


एबीसी न्यूज
जेष्ठ २०, २०७६ सोमबार  ७ : ०३ बजे


काठमाडौं, २० जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताउनुभयो । वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको बताउँदै उहाँले भन्नुभयो, “सामाजिक न्यायसहितको दु्रत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको छ, अब आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने सङ्कल्प हामीले लिएका छौँ ।” शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उहाँको भनाइ थियो । उहाँले अहिलेको सरकारले पूर्वाधार बनाउने र पूर्वाधारले राष्ट्रलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाइने र करीब १३ हजार डलर प्रतिव्यक्ति आय पु¥याइने उहाँको भनाइ थियो । हुलाकी राजमार्ग, सुनकोशी–मरिण ड्राइभर्सनलगायत धेरै क्षेत्रमा सरकारले बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले मुलुकका ७० जिल्लालाई आगामी आर्थिक वर्षभित्र साक्षर जिल्ला घोषणा गरिने बताउनुभयो । “उत्पाकदत्व वृद्धि नगरी अर्थतन्त्रको जगलाई दरिलो बनाउन नसकिने भएकाले सरकारले उत्पादनमा जोड दिएको छ”, उहाँले भन्नुभयो, “यसले राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउँछ ।” सरकारले पूर्वपश्चिम, उत्तरदक्षिण सबैतिर सडक सञ्चाल, रेल तथा जलमार्गको विकास गर्ने उहाँको भनाइ थियो । सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत सरकारले ल्याएको बजेटले विपक्षी आत्तिएकाले अनावश्यक हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

कनिका छरेजस्तो बजेट भनेर प्रचार गरिए पनि त्यस्तो नभएको बताउँदै उहाँले बजेटका विषयमा अनावश्यक टिप्पणी गरेर अनावश्यक गीत नगाई देश विकासमा सबैलाई एक जुट हुन आग्रह गर्नुभयो । “अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाइन्छ, तिनै व्यक्तिले टिकट काटेर रेल चढ्छन्, उडाउनेले उडाउँदै गर्छन्”, उहाँले भन्नुभयो । उहाँले सरकारले मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने र अराजकता नियन्त्रण गर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्व सम्पूर्ण नागरिकको हितमा लागेको बताउँदै नेकपाका नेता बाँस्कोटाले पार्टीका दुवै अध्यक्ष सरकार चलाउन सक्षम छन् भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com