ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियारको मुद्धा खेपिरहेका प्राडाको पोखरामा अवैधानिक होटल


ABC NEWS

हेटल सञ्चालक पहारी र उनको होटल

पोखरा १८ जेठ । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडको सरोवर पथमा सत्तारुढ दल निकट इन्जिनियर प्रा. डा भरतराज पहारीले मापदण्ड विपरित स्विस इन्टरनेश्नल होटल सरोवर सञ्चालनमा ल्याएका छन् ।
महानगरको मापदण्डा विपरित बनाइएको सो होटल २०१९ जनवरी १० तारिख देखि सफ्ट ओपनीङ् गरिएको थियो । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सार्वजनिक जग्गा मिच्ने, मापदण्ड विपरित होटल निर्माण गर्नेहरुको लामो लाइनमा सत्तारुढ दलकै बुद्धिजीवी मानिने पहारी पनि खडा भएका छन् ।

पोखराको लेकसाइडमा भुइ तला सहित १० तले उक्त होटलले पोखरा महानगरपालिकाबाट तीन तला भन्दा माथिको अनुमति लिएको छैन । पोखरा महानगरपालिकाले दिन मिल्ने होटलको तलाको मापदण्ड जम्मा ३ तला वा उचाई ३५ फिटसम्म मात्र हो ।

सत्ताको आडमा पहारीले बनाएको होटल ११ तले रहेको छ । केही समय पहिले पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र भवन निर्माणसम्वन्धी सुझाव दिन गठन गरेको कार्यदलका समेत पहारी नै संयोजक रहेका थिए । पहारीको कार्यदलले आफ्नो हा्ेटलको तला बराबर ११ तलासम्मको भवन निर्मार्ण गर्न दिनु पर्ने सुझाव दिएको महानगर स्रोतले जानकारी दिएको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अवैधानिक रुपमा निर्माण भएको संरचनाको अनुगमन गरी कारबाही गर्ने प्रतिक्रिया दिएका छन् । मेयर जिसीले भने – पोखरामा मापदण्ड विपरित निर्माण भएका होटल तथा अग्ला भवनहरुको महानगरले अब नियमन गर्ने तयारी गरेको छ ।

पोखरा महानगरपालिकाका योजना शहरी विकास सार्वजनिक निमार्ण शाखा प्रमुख इन्जिनियर शारदामोहन काफ्लेले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा महानगरको अनुमनि नै नलिई धेरै घर तथा भवनहरु बनेकाले महानगर नियमन गर्न लागेको बताए । हाल मापदण्ड विपरित निमार्ण भइसकेका घर तथा भवनहरुको पहिलो चरणमा तथ्याङक संकलन गरी घर तथा भवन सुरक्षित छ भए नभएको यकिन गरेपछि मात्र निर्णय गरिने उनले बताए । प्राविधिक टोलीले अध्ययन अवलोकन गरे पश्चात अनुमति दिन मिल्नेलाई ३ गुणा राजश्व लिई अनुमति दिने तयारी भएको इन्जिनियर काफ्लेले बताए । महानगरले यस अघि वैशाख अन्तिम साता ३५ दिने सुचना जारी गरी घर नियमित गर्न महानगरवासीलाई आग्रह गरिसकेको छ ।
तर स्वीस इन्टरनेश्नलका सञ्चालक पहारीले कुनै निवेदन दिने समेत काम नगरेको महानगर स्रोतले जनाएको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा २२ बमोजिम ३ गुणा राजश्व लिएर एक पटकको लागि २०७४ अघि निर्माण भएका घर तथा भवनको हकमा उक्त व्यबस्था लागु गर्न लागिएको काफ्लेले बतााए । असुरिक्षत देखिएका र बनाउनै नमिल्ने घरको हकमा के गर्ने महानगर अनिर्णयको बन्दी बनेको सर्वसाधारणको आरोप छ ।

होटल तथा व्यवसायिक प्रयोजनको लागि ५० प्रतिशतसम्म जमिन खाली छाड्नु पर्ने प्रावधान रहेको भएपनि पहारीको होटलको बाटोमा मुश्किलले दुई वटा गाडी समेत पास हुन अप्ठेरो छ भने झण्डै ३ रोपनी जमिनमा बनेको होटलले खाली ठाउं नै छाडेको छैन ।
पोखरामा एक अर्ब भन्दा बढी लागतमा निमार्ण भएको पोखरा ट्रेड मलले पनि तीन तलाको अनुमति लियर हाल ५ तला संचालन गरेको छ । पोखरा ट्रेड मलले भने महानगरको मापदण्ड भित्र पर्ने गरी आफ्नो भवनको फिल्ड भिजिट गर्न महागरलाई निवेदन दिएको छ । तर पहारीले आफू सत्तारुढ दलको शक्तिशाली व्यक्ति भएको भन्दै कुनै निवेदन दिने त कुरै रहेन । महानगरपालिकाबाट आफ्नै संयोजकत्वमा समिति गठन गराई आफ्नै होटलको तला बराबरको भवन अनुमति दिनु पर्ने सुझाव प्रतिवेदन महानगरको दराजमा सजाउन भ्याइसकेका छन् ।
पहारीको होटलमा करिब १ अर्ब २५ करोड रुपैयां लगानी भएको उनले बताए । पहारीका अनुसार होटलको सेवा पांच तारे होटल बराबरको भएको उनले बताए । उद्घाटनको अवसरमा होटलमा सिंगल बेड रुमको मूल्य ७५ डलर र डवल बेड रुमको मूल्य ८५ डलर कायम गरिएको बताइएको छ । हाल होटलको व्यवस्थापन स्वीजरल्याण्डको टिमले जिम्मा लिएको छ ।

स्रोतका अनुसार पहारी पुल्चोक इन्जिनियरिंग क्याम्पसको डिन हुंदा भ्रष्टाचारको मुद्धा लागेको थियो । पहारी दम्पत्तिलाई भ्रष्टाचारको मुद्धा परी पुनरावेदन अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि पहारी हाल पुनरावलोकनका लागि सर्वोच्चमा रिट दायर गरेका छन् ।

पोखराको पामेमा चर्चित पर्यटन व्यवसायी मानिने कर्णशाक्यले फेवाताल किनारकै जग्गा मिचेर र मापदण्ड उल्लंघन गरेर होटल सञ्चालन गरिरहेको विवाद अझै समाधान भएको छैन । त्यसो त फेवाताल संरक्षण गर्ने विषयमा गण्डकी प्रदेश सरकारले समेत चासो नदिएको भन्दै पोखरेलीहरु आक्रोशित भएपछि प्रदेश मन्त्री विकास लम्सालको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com