ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचथर हत्याकाण्ड : हत्या मानबहादुर माखिमले नै गरेको प्रहरीको निष्कर्ष


एबीसी न्यूज

 

 

पाँचथर , १७ जेठ । गएको जेठ ६ गते दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेको २ घरमा भएको विभत्स हत्याकाण्ड मानबहादुर माखिमले नै गरेको प्रहरीको स्थलगत अनुसन्धानले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

अनुसन्धानले विभत्स हत्या भएको अर्को दिन जेठ ७ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका मानबहादुर माखिमले नै सबैको हत्या गरेको प्रहरीले बताउनु भयो

प्रहरीका अनुसार घटना स्थलमा भेटिएको खुकुरी आत्महत्या गरेका माखिमको रहेको थियो । त्यस्तै माखिमले झुण्डिन प्रयोग गरेको डोरीसँग मिल्ने डोरी पनि माखिमकै कोठामा भेटिएको र
माखिमले प्रयोग गरेको मोबाइल पनि त्यस समयमा घटनास्थल आसपास नै लोकेसन देखिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँलले बताउनुभयो । स्थलगत अनुसन्धानमा फेला परेका प्रमाणलाई आधार मान्दै अहिलेसम्म माखिमकै मात्र संलग्नता देखिएको कुवँरको भनाइ रहेको छ ।

एकै रातमा ९ जनाको विभत्स हत्या गरेर माखिमले अर्को दिन झुण्डिएर आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

कारुणिक हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनका श्रीमती पुर्सिमाया फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेयाको हत्या भएको थियो । यस्तै ४१ वर्षीय धनराज शेर्मासहित उनका परिवारहरु ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको हो । बमबहादुर र धनराज ज्वाइँ, ससुरा हुन् ।

प्रहरीले माखिममाथि निगरानी नराख्दा ठूलो घटना भयो  मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्किले प्रहरीले समयमै माखिममाथि निगरानी गर्न नसक्दा ठूलो हत्याकाण्ड भएको बताउनुभएको छ ।

बिहीबार प्रदेशसभामा जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । स्थानीयले पनि नुनकाण्डदेखि नै शंकाको घेरामा रहेका माखिममाथि प्रहरीले निगरानी राखेको भए यस्तो ठूलो घटना नघट्ने बताएका छन् ।

विभत्स हत्याकाण्ड हुनु केही दिनअघि जस्मिता फियाकको घरमा सञ्चालन भएको तालिमका सहभागीलाई दिइएको थुक्पाको खाजामा सिसाजस्तो देखिने बस्तु मिसाइएको थियो ।

त्यतिखेर तालिममा सहभागी ८ जना बिरामी परेका थिए । तर त्यस घटनाको प्रहरीले अनुसन्धान गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com