ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एशियन रेजिलियन्स समिट’ पर्यटन प्रबद्धनको कोसेढुङ्गा


एबीसी न्यूज

 

 

 

काठमाडौँ, १७ जेठ । भूकम्पपछिको अप्ठ्यारो अवस्था पार गर्दै नेपाल अब पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले पहिलोपटक यहाँ ‘एशियन रेजिलियन्स समिट–२०१९’ आयोजना गरिएको छ । नेपाल विभिन्न चुनौतीलाई चिर्दै विश्वकै सुरक्षित र आकर्षक गन्तब्यका रुपमा पर्यटकको पर्खाइमा छ भन्ने सन्देशसहित पर्यटन प्रवद्र्धनका लागि सम्मेलन कोसेढुङ्गा सावित भएको सहभागी सरोकारवालाले बताएका छन् ।

विश्व पर्यटन बजारमा राम्रो प्रभाव राखेका मुलुकका प्रतिष्ठित व्यवसायी, विज्ञसहितको जमघटले नेपाल विश्व पर्यटन बजारका लागि उपयुक्त गन्तब्य हो भन्ने दरिलो उदाहरण प्रस्तुत गर्न पनि सम्मेलन उपयोगी हुने उनीहरुको धारणा छ ।

सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पर्यटन क्षेत्रको महत्वपूर्ण सम्मेलन नेपालमा आयोजना हुनुले पर्यटन प्रवद्र्धनका साथै यसको विकास विस्तारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “प्रतिष्ठित विदेशी पाहुनाको उपस्थितिमा भएको सम्मेलन आफैँमा विशिष्ठ छ”, यसले नेपाल गन्तब्य पहिचान र प्रवद्र्धन तथा दिगो पर्यटन विकासका लागि महत्वपूर्ण थलो बन्नेछ । रेजिलियन्स जुन विपत्तिबाट फर्कन नेपालले गरेको तयारीले सकारात्मक सन्देश दिएको छ । नेपाल अप्ठ्यारो अवस्थालाई पार गर्दै पर्यटनका लागि सुरक्षित र आकर्षण गन्तब्य बन्न सक्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ”, उहाँले भन्नुभयो ।

नेपाली पर्यटनले विपत मात्र नभई जलवायु परिवर्तनको जोखिमसमेत बेहोरेको अवस्थामा विश्व समुदायको ध्यान आकर्षण गर्न पनि सम्मेलन एक हदसम्म उपयोग बन्ने उहाँको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले पर्यटन विश्व अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने आधार भएको र सोहीअनुरुप पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकारले विशेष प्राथमिकताका साथ योजनाबद्ध कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभयो ।

सम्मेलनमा सहभागी विदेशी प्रतिनिधिले नेपालको पर्यटनमा चासो दिएर परराष्ट्रमन्त्री नै उपस्थित हुनुले पर्यटन कति प्राथमिकतामा रहेछ भन्ने सन्देश दिएको उल्लेख गर्दै नेपालले पर्यटनको प्रभावकारी प्रवद्र्धन गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्नेतर्फ अभियान चलाइनुपर्नेमा विदेशी विज्ञको जोड छ ।

जमाइकाका पर्यटनमन्त्री इडमुण्ड बार्टलिटले पर्यटन क्षेत्रमा आएको विपत्तिलाई कसरी व्यवस्थापन गरी सुरक्षित गन्तब्यका रुपमा परिचित गराउन नेपालले नमूना उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै यसले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश दिने बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले विनाशकारी भूकम्पपश्चात् नेपालको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्केको सन्देश दिन तथा दिगो पर्यटन विकासका लागि ज्ञान हासिल गर्न सम्मेलन उपयोगी हुने बताउनुभयो ।

विश्व पर्यटन सङ्गठनका पूर्वमहासचिव एवं ग्लोबल ट्राभल एण्ड टुरिज्म रेजिलियन्स काउन्सिलका अध्यक्ष तलिब राइलले नेपालीले अप्ठ्यारो अवस्थाबाट सफलतातर्फ उन्मुख भएको सन्देश दिएको भन्दै पर्यटन प्रवद्र्धनका प्राविधिक क्षमता अभविृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । विश्व पर्यटन सङ्गठनका एशिया प्यासिफिक क्षेत्रीय निर्देशक छु जिङले दुई ठूला छिमेकी मुलुक चीन र भारतबाट पर्यटनको लाभ लिने गरी उपस्थिति जनाउनुपर्नेमा जोड दिनुभयो । प्यासिफिक एशिया ट्राभल एशोसिएसन ९पाटा० का प्रमुख कार्यकारी अधिकृत अध्यक्ष म्यारिओ हार्डीले अप्ठ्यारोलाई चिर्दै नेपालले विश्वलाई सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन सान्दर्भिक हुने धारणा राख्नुभयो ।

नेपाल पर्यटन बोर्डले ग्लोबल ट्राभल एण्ड टुरिज्म रेजिलियन्स काउन्सिल, संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन ९युएनडब्लुटिओ० र प्यासिफिक एशिया ट्राभल एशोसिएशन ९पाटा० सँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो । विभिन्न महादेशमा सम्पन्न समिटको एशियाको पहिलो संस्करण नेपालमा भएको हो ।

नेपालसहित विभिन्न मुलुकका पर्यटन व्यवसायी, विज्ञको जमघट रहेको उक्त सम्मेलनले नेपालको पर्यटन क्षेत्रले विसं २०७२ को विनाशकारी भूकम्पपश्चात् गरेको पुनःस्थापनको नमूना प्रस्तुत गरी विश्वभरिका पर्यटन क्षेत्रका हस्तीको सञ्जाल तथा ज्ञान र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्नेछ । ३०० विज्ञ सहभागी हुने सम्मेलनमा ३० वटा पर्यटनसँग सम्बन्धित विदेशी विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com