ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छ – राष्ट्रपति भण्डारी


एबीसी न्यूज


काठमाडौं, ९ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ आँैं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “युगकवि सिद्धिचरणसहितका सर्जकको योगदानले नेपालको दिगो विकास र ठूलाठूला परिवर्तनमा भूमिका खेलेको छ । त्यो योगदानको हामीले सम्मान गर्नुपर्छ ।” राष्ट्रपति भण्डारीले कला, साहित्य र खेलकुदको विकासका लागि सरकारले नीतिगत पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्न सरकारले सबै क्षेत्र र वर्गलाई समेट्न सक्नुपर्ने पनि बताउनुभयो ।

राष्ट्रपतिले जलस्रोतको सदुपयोग, पर्यटन प्रवद्र्धन र रैथाने कृषि प्रणालीलाई आधुनिकीकरण गरेर समृद्धिको अभियानमा जुट्नुपर्ने धारणा राख्नुभयो । रुम्जाटार विमानस्थललाई पुनःसञ्चालन गराउन र निर्माणाधीन दोभास विमानस्थललाई वैकल्पिक मार्गका रुपमा विकास गर्न ध्यानाकर्षण गराउँदै विसं २०७४ वैशाख १ गते आफूले उद्घाटन गरेको थोलेदेम्बा महोत्सवको निरन्तरता र त्यस क्षेत्रमा भएको विकासले आफू सन्तुष्ट रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले स्थानीय समुदायलाई रोजगारी उपलब्ध गराउन उद्योगग्रामको अवधारणा ल्याउन तथा स्वच्छ नागरिक र अब्बल खेलाडी उत्पादन गर्न विद्यालय तहदेखि नै खेलकुदका कार्यक्रम गर्न सुझाव दिनुभयो । तीनै तहका सरकारको प्राथमिकतामा परे पर्यटन क्षेत्रको विकासले नेपाललाई समृद्ध बनाउने राष्ट्रपति भण्डारीको भनाइ थियो । सिद्धिचरण नगरपालिका र सिद्धिचरण स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युगकविका सपना पूरा गर्नका लागि एकताबद्ध भएर विकासको अभियानमा जुट्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका मुद्दा साझा बन्नुपर्दछ ।

स्रष्टाका सपना साकार हुनुपर्दछ । तब मात्रै युगकविको सम्मान गरेको मानिनेछ ।” आफ्नो पनि जन्मभूमि भएकाले ओखलढुङ्गाको विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वासन उहाँले दिनुभयो । मुख्यमन्त्री शेरधन राईले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले नीतगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै युगको माग र आवाज बोल्न सक्ने युगकविको योगदानलाई कदर गर्दै ओखलढुङ्गालाई साहित्यिक भूमिका रुपमा विकास गरिने बताउनुभयो । प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनुवारले थोलेदेम्बा महोत्सवपछि पर्यटकीय क्षेत्रका रुपमा विकासका काम अघि बढेको बताउनुभयो । पूर्वसांसद रामहरि खतिवडाले पूर्वको कर्णालीका रुपमा हेरिएको ओखलढुङ्गालाई विकासको नमूना जिल्ला बनाउन आग्रह गर्नुभयो । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले नगरपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्वच्छ र समृद्ध नगर बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com