ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय संसद्, प्रधानमन्त्री आवाससहित ५१ वटा संरचना निर्माण गर्न आठ करोड बजेट


एबीसी न्यूज
जेष्ठ ५, २०७६ आईतबार  ७ : ४९ बजे


काठमाडौं, ५ जेठ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगामी आर्थिक वर्षमा नयाँ आयोजनाका लागि मन्त्रालयलाई रु २२ करोड मात्र रकम विनियोजन हुने सङ्केत मिलेको जानकारी दिनुभएको छ ।

विकास तथा प्रविधि समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “कामको बोझ बढिरहेकैछ, नयाँ आयोजनाका लागि खासै बजेट प्राप्त गर्न सकिएको छैन, रु ७३ अर्बको पुरानै दायित्वछ । जम्मा रु २२ करोड नयाँ आयोजनाको लागि बजेट विनियोजन हुने भनिएको छ ।” सङ्घीय संसद् भवन, प्रधानमन्त्री आवास, मन्त्री आवास, प्रदेश तथा मुख्यमन्त्री सम्पर्क कार्यालय÷ आवास तथा राजकीय अतिथि गृह निर्माणका लागि यो वर्ष जम्मा रु आठ करोड बजेट विनियोजन हुने सङ्केत मिलेको जानकारी दिइयो । “मुलुकका ७७ जिल्लालाई समेट्ने गरी समानुपातिक र समावेशी हिसाबले आयोजना छनोट गरिएको छ, यस वर्षका लागि मन्त्रालयले एक हजार १६६ नयाँ योजना तयार पारेको छ”, मन्त्री राईले भन्नुभयो, “नयाँ कार्यक्रमका लागि बजेट विनियोजन नहँुदा काम गर्न निकै पेचिलो हुने अवस्था सिर्जना भएको छ, मन्त्रालयलाई प्राप्त हुने बजेट मध्ये ९५ प्रतिशत पुरानै आयोजनाका लागि हो ।”

बैठकमा सांसदले जनप्रतिनिधिलाई किनारा लगाएर गरिएको बजेट तर्जुमाले कस्तो विकास होला भनी प्रश्न गर्दै योजना बनाउने कार्यान्वयन नहुने पुरानै प्रवृत्तिलाई अब दोहरिन दिन हुन्न भन्ने विचार व्यक्त गरेका थिए । नयाँ नाम दिएर आयोजना थप्ने होडबाजी गरेपनि उदाहरणीय आयोजना नरहेको बताउँदै उहाँहरुले बजेट विनियोजनको परिपाठी बदल्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । शक्तिशाली नेता र मन्त्रीका जिल्लामा सयौँ वटा आयोजनाका लागि बजेट विनियोजन हुने प्रणालीले कसरी बजेटको सन्तुलन कायम होला भनी प्रश्न गर्दै सांसदले पन्ध्रौ पञ्चवर्षीय योजना र नीति तथा कार्यक्रमले निर्दष्ट गरेअनुरुप बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । आयोजनाको गुरु योजना स्वीकृत नभई बजेट विनियोजन गर्ने परिपाठी बन्द गर्न सुझाव दिँदै उहाँहरुले कतिपय राष्ट्रिय गौरवको आयोजनाकै प्रगति र बजेट विनियोजनको अवस्थाले नातिको पालामा पूरा नहुने आशंका गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरु गणेश पहाडी, अनिलकुमार झा, रामबहादुर विष्ट, बहादुर लामा, आशाकुमारी विक, विना श्रेष्ठलगायतले आगामी बजेटमा बाहिरी चक्रपथ निर्माण, सांसद आवास भवन र काठमाडौँ सडक विस्तार आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजनको व्यवस्थाका लागि पहल गर्न मन्त्रालयलाई सुझाव दिनुभयो । सङ्घीय संसद् भवन निर्माणको टेण्डर यसै साता सिंहदरबारस्थित पुतली बगैँचामा बन्ने सङ्घीय संसद्को भवन निर्माणका लागि टेण्डर यसै साता हुने भएको छ । मन्त्री राईले विकास समितिको आजको बैठकमा रु १० अर्बको लागतमा निर्माण गरिने उक्त भवनको डिजायन तयार भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको सबैभन्दा ठूलो सरकारी भवनका रुपमा रहने उक्त भवन अत्याधुनिक र आकर्षक हुनेछ ।

उक्त भवनमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकका लागि ठूला हल हुनेछन् । सङ्घीय संसद्को आफ्नै भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर सदन सञ्चालन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com