ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यमा सबै जनताको सहज पहुँच हुनुपर्छ– उपराष्ट्रपति पुन


एबीसी न्यूज


काठमाडौं, ३ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्‍याउन ध्यान दिनुपर्ने बताउनु भएको छ ।

नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुनेछ भन्नुभयो । कुष्ठ प्रभावितको पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले २०२६ जेठ २२ गते सङ्घको स्थापना भएको थियो । उपराष्ट्रपति पुनले गुणस्तरीय उपचार नपाएर जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नेतर्फ सरकारलाई सचेत बन्न आग्रह गर्दै अझै पनि ग्रामीण क्षेत्रका जनताले स्वास्थ्य सेवा नपाइरहेको अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुष्ठरोग औषधिले पूर्णतया निको हुने रोग हो भन्ने कुरालाई गाउँ तहसम्म पुर्‍याउन आवश्यक छ । जनचेतनाले मात्र कुष्ठरोग प्रभावितलाई हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ ।” कुष्ठरोग निवारणको घोषणा गरिए पनि अझै देशका विभिन्न भू–भागमा कुष्ठ प्रभावित रोगी भएको चर्चा गर्दै उपराष्ट्रपति पुनले सबै कुष्ठ प्रभावितलाई सहज उपचार तथा पुनर्स्थापनाको पहुँचमा ल्याउन जोड दिनुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले सङ्घद्वारा सञ्चालित खोकना आरोग्य आश्रममा ६५ वर्षदेखि रहेका कुष्ठ प्रभावित लेखी तामाङ, मनमती देवकोटा र कान्छा आलेबुढालाई सम्मान गर्नुभएको थियो । उपराष्ट्रपति पुनले सङ्घका पूर्वअध्यक्षद्वय डा गौरीशङ्करलाल दास र लक्ष्मीदास मानन्धर, उपाध्यक्ष डा खगेन्द्र श्रेष्ठ, पोखरा, धनगढी तथा नेपालगञ्ज शाखाका पूर्वअध्यक्ष क्रमशः डा कुमारशम्शेर राणा, दीव्यप्रसाद पन्त, डा जी राज शाक्य तथा मारवाडी सेवा समितिका अध्यक्ष श्रवणकुमार अग्रवाललाई पनि सम्मान गर्नुभएको थियो ।

सङ्घले दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा कुष्ठ प्रभावितको लालनपालन गर्नाका साथै धरान, पोखरा, नेपालगञ्ज र धनगढी शाखा स्थापना गरी सचेतना र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घले हालसम्म १८० घर निर्माण गरी २५८ कुष्ठ प्रभावितलाई सामाजिक पुनर्स्थापना गराएको छ । यसैगरी सङ्घले काठमाडौँको मण्डिखाटारमा स्थापित छात्र/छात्रावासमा कुष्ठ प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।

गत आवमा तीन हजार २०० कुष्ठरोगी पहिचान भई उपचारमा आएका थिए । कुष्ठरोगीको निःशुल्क उपचार हुने गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुष्ठरोगका कारण ३१ हजार अपाङ्गसमेत हुन पुगेका थिए । सङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले कुष्ठरोग पहिलेजस्तो दूराग्रह, भयग्रस्त र जीवन नै सकिने अवस्थामा नरहेको चर्चा गर्दै कुष्ठरोग निको भइसकेकालाई समुदायमा पुनर्स्थापना गराउन सबैले सहयोग गर्नुपर्छ भन्नुभयो ।

कुष्ठ प्रभावित प्रीमा घर्ती मगरले आफ्ना हजुरबुबा, बुबा कुष्ठरोगी भएकै कारण रोल्पामा ओढारमा बस्नु परेको पीडा सुनाउँदै अझै पनि समाजले कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति दश लाख जनसङ्ख्यामा एक जनाभन्दा कम भएमा निवारण भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com