ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्षमा स्थानीय तहका केन्द्रमा कालोपत्र सडक


एबीसी न्यूज


काठमाडौं, २० बैशाख । चार वर्षभित्र सबै स्थानीय तहका केन्द्रमा कालोपत्र सडक सञ्जालले जोड्ने नीति सरकारले लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहँुदै आगामी आर्थिक वर्षमा हुम्ला र डोल्पासहित ७७ वटै जिल्ला सदरमुकामलाई सडक सञ्जालले जोड्ने उल्लेख छ । दुई लेन घटीको सडक नबनाउने नीति पनि सरकारले लिएको छ ।

आगामी चार वर्षभित्र मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग, काठमाडौँ–निजगढ द्रुतमार्ग, हुलाकी राजमार्गको निर्माण सम्पन्न गरिने सरकारको नीति छ । उत्तर–दक्षिण लोकमार्गका कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला खण्डलाई बाह्रै महीना सवारी सञ्चालन हुने गरी स्तरोन्नति गरिनेछ । कोशी र कर्णाली कोरिडोरको सबै खण्डको ‘ट्रयाक’ खोल्ने काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ । आगामी आव पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण शुरु गरिने छ । चुरे तथा भित्री मधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक कोरिडोरका रूपमा विकास गर्न झापाको शान्तिनगरबाट डडेल्धुराको रुपालसम्म निर्माणाधीन मदन भण्डारी राजमार्गको निर्माणलाई तीव्रता दिइने सरकारको नीति छ ।

रणनीतिक महत्वका सडक र आर्थिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिलाई गति दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डको विस्तार चार वर्षभित्र गरिने लक्ष्य छ । सडक सुरक्षा पर्खालसहितका ‘रोड फर्निचर्स’ निर्माण गरी सबै सडकलाई सुरक्षित बनाइनेछ । मौजुदा तथा निर्माणाधीन सडकमा सुरुङ प्रविधि प्रयोग गरी सडकको दूरी र लागत घटाइने कार्यक्रम सरकारले ल्याएको छ ।

काठमाडौँलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगञ्ज–काठमाडौँ र रसुवागढी–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण शुरु गर्ने नीति सरकारको छ । जयनगर–विजलपुरा र भारतको बथनाहाबाट विराटनगरसम्म आगामी आवभित्रै रेल सेवा सञ्चालन गरिने नीति छ ।

विजलपुरा–बर्दिवास खण्डको रेलमार्ग निर्माण आगामी आवमा सम्पन्न गरिने जनाइएको छ । नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा पुगेको राष्ट्रपति भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रममा उल्लेख छ । पानीजहाज कार्यालय स्थापना भई पानीजहाज सञ्चालनका लागि आवश्यक नीतिगत, कानूनी र अन्य पूर्वाधार तयारी भइरहेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । जलमार्ग र समुद्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्चालनमा ल्याइने भएको छ । धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण देवघाट, चतरा र रामायण ‘सर्किट’ अन्तर्गत निर्माणाधीन सडकलाई प्राथमिकताका साथ निर्माण गरिने नीति समेत सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com