
काठमाडौं,१६ बैशाख । नौ दिने चीनको राजकिय भ्रमणमा आज छैठौँ दिन भएको छ । भ्रमणको क्रममा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको पाँचौ दिन नेपाल–चीन लगानीका अवसर तथा आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रमलाई सम्बोधन गरेकी छिन ।
सम्बोधनमा राष्ट्रपति भण्डारीले नेपालमा लगानीको लागि चिनया“ उद्यमी तथा लगानीकर्तालाई आग्रह गरिन् । राष्ट्रपति भण्डारीले नेपालमा उत्साहजनक वातावरण बन्दै गएको बतँइन । भूगोल संस्कृति र परम्पराले जोडेको चीन र नेपालको मित्रता र सहयोग लामो समयदेखि रहदै आएको राष्ट्रिपति भण्डारीले नेपाल एकचीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको सम्बोधनमा व्यक्त गरिन ।

राष्ट्रपति भण्डारीले नेपालमा चीनविरोधी गतिवधि हुन नदिन ठोस कदम चालिएको जानकारी गराइन् । उनले बीआरआईमार्फत नेपालमा लगानीको ढोका खोलेको र स्थायीत्वतर्फ अघि बढेको नेपालमा लगानीको प्रशस्त सम्भावना भएकाले त्यसलाई उपयोग गर्न चिनियँ उद्यमीलाई आग्रह गरिन ।

नेपालमा संविधान निर्माणमार्फत राजनीतिक स्थायित्व सुरक्षित गरिएको जानकारी दिदै उनले अहिलेको सरकार स्थीर र बलियो भएको भन्दै जनताका आकांक्षालाई सम्बोधन गर्न सरकार लागि परेको बताइन । पछिल्लो सयम नेपालका नीति कानुनहरु लगानी मैत्री रहेको नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीका लागि समेत राम्रँे नाफा लिन सक्ने देश भएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह समेत गरिन । राष्ट्रपति भण्डारीले नेपाल चिनिया लगानीलाई स्वागत गर्न आतुर रहेको भन्दै उनले चिनिया लगानी सहजीकरण गर्नु नेपालको उच्च प्राथमिकता राखेको उनको भनाइ थियो ।
भण्डारीले चिनिया पर्यटकका लागि नेपाल राम्रो गन्तव्य भएको भन्दै धेरै टाढाका चिनिया पर्यकटहरु छुट्टी मनाउन जाने भएकोले नजिकै रहेको नेपाललाई सु्न्दर गन्तव्य बनाउनुका लागि आग्रह समेत गरिन । सम्बोधनको क्रममा राष्ट्रपति भण्डारीले नेपालले २०२० लाई नेपाल भ्रमणको रुपमा मनाउनदै गरेको उलेल्ख गर्दै चिनिया“ पर्यटकको भूमिकाको आवश्यकता रहेको उनले बताइन ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी मैत्री नीति तथा कानुनहरु परिमार्जनसंगै लगानीको वातावरण बनेको बताएका थिए ।
नेपाली दूतावास र द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाली र चिनिया उद्यमी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रमकै अवसर पारेर लगानी बोर्ड नेपाल र द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच एमओयू भएको छ । यस्तै, ट्रान्स हिमालयम फ्रेन्डसिप सोसाइटी र द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच पनि दुवै मुलुकमा काम गर्नेगरी सहमतिमा हस्ताक्षर भएको छ ।







प्रतिक्रिया दिनुहोस्