
काठमाडौं, १३ बैशाख । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
अधिकारीको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले कार्यक्रमको आयोजना गरको ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुले स्वर्गीय अधिकारीको शालिकमा माल्यपर्ण गरेका छन् ।
विसं १९७८ सालमा काठमाडौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । २०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बनेका थिए।
संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका अधिकारीको नेपालको वाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो। अधिकारी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य समेत थिए। २०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बनेका थिए।
अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो। अधिकारीको स्मृतिमा प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा लगायत कम्युनिष्ट नेताहरुले श्रद्धा सुमन व्यक्त गरेका छन्।







प्रतिक्रिया दिनुहोस्