ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अव नेपाली नयां वर्षमा पनि न्यु ईयर ईभ


sharan sharan
चैत्र २२, २०७५ शुक्रबार   १० : ५३   बजे

भैरहवा, २२ चैत्र । सामान्यतया अंग्रेजी नयां वर्षमा मात्र मनाईने गरेको न्यु ईयर ईभ अव नेपाली नयां वर्षमा पनि मनाउन सुरु गरिएको छ । २०७६ साललाई स्वागत गर्न शुभ ओम कम्पनी प्रा।लि।द्वारा सञ्चालित होटल पौवा भैरहवाले नेपाली नयां वर्षमा न्यु ईयर ईभ गर्न थालेको हो ।
होटल पौवाले नयाँ वर्षलाई स्वागत चैत्र मसान्त अर्थात चैत्र ३० गते न्यु इयर इभ–२०७६ को आयोजना गर्ने जानकारी दिएको छ ।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रम बारे जानकारी गराएको छ । विगत चार वर्ष देखि सेवा प्रवाह गर्दै आएको होटल पौवाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कलाकार पशुपति शर्मा, कमल खत्री, सन्तोष लामा लगायत स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने शुभ ओम कम्पनी प्रा।लि।का अध्यक्ष हरि बहादुर थापाले बताउनु भयो ।
नाफा कमाउने उद्धेश्य भन्दा पनि नयाँ वर्ष मनाउन भैरहवा बाहिर जान नपरोस भन्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थापाको भनाई छ ।
कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन सबै पक्षसंग सहकार्य गरिएको होटल पौवा भैरहवाका शाखा प्रबन्धक विष्णु भण्डारीले बताउनु भयो। कार्यक्रममा ४ हजार बढी दर्शक र ५ लाखको काराबोर हुने लक्ष्य लिइएको आयोजकले जनाएको छ । कार्यक्रम साँझ ६ बजे देखि मध्यराती १२ बजे सम्म आयोजना हुनेछ । नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै कार्यक्रमको समापन हुने आयोजकले जनाएको छ । साढे २ विगाह क्षेत्रफलमा सञ्चालित होटल पौवाले ८ सय सिट क्षमताको ब्यान्क्वेट हल, ५ हजार जना अट्ने आउटडोर गार्डेन, २ वटा स्वीमिङ पुल, बोटिङ पोखरी, फेमिली लाउन्ज, आवास भवन, ब्याडमिन्टन कोर्ट जस्ता सुबिधाहरु उपलब्ध गराउंदै आएको छ ।
निकट भविष्यमै १ सय कोठा सहित रुपन्देहीकै उत्कृष्ट होटल बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group