ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अव नेपाली नयां वर्षमा पनि न्यु ईयर ईभ


sharan sharan

भैरहवा, २२ चैत्र । सामान्यतया अंग्रेजी नयां वर्षमा मात्र मनाईने गरेको न्यु ईयर ईभ अव नेपाली नयां वर्षमा पनि मनाउन सुरु गरिएको छ । २०७६ साललाई स्वागत गर्न शुभ ओम कम्पनी प्रा।लि।द्वारा सञ्चालित होटल पौवा भैरहवाले नेपाली नयां वर्षमा न्यु ईयर ईभ गर्न थालेको हो ।
होटल पौवाले नयाँ वर्षलाई स्वागत चैत्र मसान्त अर्थात चैत्र ३० गते न्यु इयर इभ–२०७६ को आयोजना गर्ने जानकारी दिएको छ ।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रम बारे जानकारी गराएको छ । विगत चार वर्ष देखि सेवा प्रवाह गर्दै आएको होटल पौवाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कलाकार पशुपति शर्मा, कमल खत्री, सन्तोष लामा लगायत स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने शुभ ओम कम्पनी प्रा।लि।का अध्यक्ष हरि बहादुर थापाले बताउनु भयो ।
नाफा कमाउने उद्धेश्य भन्दा पनि नयाँ वर्ष मनाउन भैरहवा बाहिर जान नपरोस भन्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थापाको भनाई छ ।
कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन सबै पक्षसंग सहकार्य गरिएको होटल पौवा भैरहवाका शाखा प्रबन्धक विष्णु भण्डारीले बताउनु भयो। कार्यक्रममा ४ हजार बढी दर्शक र ५ लाखको काराबोर हुने लक्ष्य लिइएको आयोजकले जनाएको छ । कार्यक्रम साँझ ६ बजे देखि मध्यराती १२ बजे सम्म आयोजना हुनेछ । नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै कार्यक्रमको समापन हुने आयोजकले जनाएको छ । साढे २ विगाह क्षेत्रफलमा सञ्चालित होटल पौवाले ८ सय सिट क्षमताको ब्यान्क्वेट हल, ५ हजार जना अट्ने आउटडोर गार्डेन, २ वटा स्वीमिङ पुल, बोटिङ पोखरी, फेमिली लाउन्ज, आवास भवन, ब्याडमिन्टन कोर्ट जस्ता सुबिधाहरु उपलब्ध गराउंदै आएको छ ।
निकट भविष्यमै १ सय कोठा सहित रुपन्देहीकै उत्कृष्ट होटल बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com