ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित सकियो


एबीसी न्यूज


काठमाडौँ, २१ चैत  राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले आधारपत्र पारित गरेको हो ।

आधारपत्रका लागि सरकारी अधिकारी तथा विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । सार्वजनिक क्षेत्र कत्रो हुनुपर्ने, समृद्धि र सुखको लक्ष्य पारिभाषित गरिनुपर्ने, आर्थिक वृद्धिदर यकिन गर्नुपर्ने, विकासको कुन मोडल अपनाउने भनेर निर्धारण गर्नुपर्ने, प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने, अनुगमन तथा मूल्यांकन सबल बनाउनुपर्ने, तीनखम्बे अर्थनीति अनसार सहकारीलाई अझ परिष्कृत बनाउनुपर्ने आदि सुझाव बैठकका क्रममा आएका छन् । त्यस्तै, गौरवका आयोजनाको गति बढाउनुपर्ने, अर्थतन्त्रमा कृषिको योगदान बढाउनुपर्ने, आयात घटाएर निर्यात बढाउनुपर्ने, तथ्यांक बलियो बनाउनुपर्ने, निर्वाचन खर्च कम गर्नुपर्ने, रिसोर्स बैंकिङ स्थापना गर्नुपर्ने आदि सुझाव पनि बैठकका क्रममा आएको बताइएको छ ।

बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले सभ्य र समुन्नत समजको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुशायन कायम गर्ने दृढता व्यक्त गरे । सामाजिक न्याय र विभेद अन्त्य गर्ने संविधान निर्माण भएको र समाजवाद उन्मुख व्यवस्था लागु भएको उनको भनाइ थियो । बैठकका क्रममा प्लेनरी सेसनमा २६ जना वक्ताले प्रस्तुतीकरण गरेका थिए भने १७८ जनाले सुझाव पेश गरेका थिए । ६ समूहमा ३ सयजना विज्ञले विभिन्न विषयमा छलफल गरेका थिए । दुई दिने बैठकमा प्रदेशका मुख्यमन्त्रीहरु, संसदीय समितिका सभापति तथा विज्ञहरु सहभागी थिए ।

आधारपत्रमा आएका सुझाव समेटर अन्तिम रुप दिइने र योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट पास गरिने प्रम ओलीले जानकारी दिए । आगामी आवको बजेटमा यसलाई समावेश गरिनेछ ।

यो योजनालाई सफल बनाउन आयोगले सातै प्रदेशस्तरमा छलफल चलाएको थियो भने विज्ञ, सामाजिक क्षेत्रका विभिन्न समूह, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्र, विकास साझेदार संस्था, सञ्चार क्षेत्र, नागरिक संगठनहरुसँग पनि योजनाको आधारपत्रको प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको थियो ।

नेपालको दीर्घकालिन सोचमा आधारित रहेको पन्ध्रौं योजनाले औसतमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । योजनाले सूचना प्रविधिको विस्तारसँगै कृषि, उत्पादनमूलक उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com