ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्थर तथा धातु खानी उत्खननमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह


sharan sharan
चैत्र १८, २०७५ सोमबार   ५ : ०३   बजे

बुटवल, १८ चैत्र ।
संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले सुनचांदी ब्यवसायीहरुलाई धातुजन्य खानी उत्खनन्मा लगानी गर्न आग्रह गर्नुभएको छ ।
सुनचांदी ब्यवसायी महासंघको छैठौ बार्षिक साधारणसभाको आज रुपन्देहीमा उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले बिदेशी लगानीकर्ताहरु खानी उत्खनन्मा लगानीगर्न ईच्छुक देखिए पनि सरकार नेपाली ब्यवसायीहरुलाई उत्खनन्को काम दिन चाहेको स्पष्ट पार्नुभयो । उहांले नेपालमा रहेको बहुमुल्य पत्थर तथा धातुहरु प्रशोधन नगरि सस्तो मुल्यमा निर्यात भई रहेको भन्दै प्रशोधन गरेरमात्र निर्यात गर्न ब्यवसायीहरुलाई सुझाव दिनु भयो ।
अर्थमन्त्री खतिवडाले ब्यवसायीहरुबाट बिभिन्न बहानामा नेपालबाट सुन बाहिरी मुलुकमा गई रहेको बताउंदै बिदेश लैजाने सुनको अभिलेख राख्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सुनचांदी ब्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले बजारको मागको तुलनामा बैंकले ब्यवसायीहरुलाई अत्यन्त कम परिमाणमा सुन दिने गरेको बताउनुभयो । ब्यवसायीले प्राप्त गर्ने सुनको परिणाम नबढाए सुनचांदी ब्यवसायी समस्यामा पर्ने उहांको भनाई छ ।

महासंघबाट एबिसीकर्मी सम्मानीत :

महासंघको साधारसणसभाबाट सुनचांदी ब्यवसाय र आर्थिक बिषयमा कलम चलाएको भन्दै एबिसी कर्मि रबिन्द्र पौडेललाई सम्मान गरेको छ । एबिसी न्युजका जिल्ला ब्यूरो सम्पादक पौडेललाई अर्थमन्त्री खतिवडाले नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो । पौडेल सहित नागरिक दैनीकका समाचारदाता सन्तौष न्यौपानेलाई समेत महासंघले सम्मान गरेको छ ।
महासंघमा मुलुकभरका २२ हजार ब्यवसायी आवद्ध छन् भने ६१ वटा जिल्ला शाखा र ३० वटा एशोसियत सदस्य रहेका छन् । साधारणसभा २ दिन सम्म चल्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group