ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्थर तथा धातु खानी उत्खननमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह


sharan sharan

बुटवल, १८ चैत्र ।
संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले सुनचांदी ब्यवसायीहरुलाई धातुजन्य खानी उत्खनन्मा लगानी गर्न आग्रह गर्नुभएको छ ।
सुनचांदी ब्यवसायी महासंघको छैठौ बार्षिक साधारणसभाको आज रुपन्देहीमा उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले बिदेशी लगानीकर्ताहरु खानी उत्खनन्मा लगानीगर्न ईच्छुक देखिए पनि सरकार नेपाली ब्यवसायीहरुलाई उत्खनन्को काम दिन चाहेको स्पष्ट पार्नुभयो । उहांले नेपालमा रहेको बहुमुल्य पत्थर तथा धातुहरु प्रशोधन नगरि सस्तो मुल्यमा निर्यात भई रहेको भन्दै प्रशोधन गरेरमात्र निर्यात गर्न ब्यवसायीहरुलाई सुझाव दिनु भयो ।
अर्थमन्त्री खतिवडाले ब्यवसायीहरुबाट बिभिन्न बहानामा नेपालबाट सुन बाहिरी मुलुकमा गई रहेको बताउंदै बिदेश लैजाने सुनको अभिलेख राख्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सुनचांदी ब्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले बजारको मागको तुलनामा बैंकले ब्यवसायीहरुलाई अत्यन्त कम परिमाणमा सुन दिने गरेको बताउनुभयो । ब्यवसायीले प्राप्त गर्ने सुनको परिणाम नबढाए सुनचांदी ब्यवसायी समस्यामा पर्ने उहांको भनाई छ ।

महासंघबाट एबिसीकर्मी सम्मानीत :

महासंघको साधारसणसभाबाट सुनचांदी ब्यवसाय र आर्थिक बिषयमा कलम चलाएको भन्दै एबिसी कर्मि रबिन्द्र पौडेललाई सम्मान गरेको छ । एबिसी न्युजका जिल्ला ब्यूरो सम्पादक पौडेललाई अर्थमन्त्री खतिवडाले नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो । पौडेल सहित नागरिक दैनीकका समाचारदाता सन्तौष न्यौपानेलाई समेत महासंघले सम्मान गरेको छ ।
महासंघमा मुलुकभरका २२ हजार ब्यवसायी आवद्ध छन् भने ६१ वटा जिल्ला शाखा र ३० वटा एशोसियत सदस्य रहेका छन् । साधारणसभा २ दिन सम्म चल्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com