ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौरीपालनबाट वार्षिक रु २५ लाख आम्दानी


admin

पर्वत, २२ असोज । यहाँको एक विकट गाउँका कृषकले मौरीपालन व्यवसायबाट वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक मौरीपालनबाट सो आम्दानी गर्न सफल भएका हुन् ।

विगत डेढ दशकदेखि मौरीपालन व्यवसाय गर्दै आएका खत्रीको परिवारमा अहिले झण्डै १०० घार मौरी रहेका छन् । अमलाचौरमै बलेवा मौरीपालन उद्योग खोलेर व्यवसाय शुरु गरेको खत्री परिवारले मौरीका घार, खाली घार र मह बिक्री गरेर वार्षिक रु २५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको हो ।

आफ्नै घर वरिपरिको पाँच रोपनी क्षेत्रफलमा व्यवसाय गरेका खत्रीले यसलाई अझै बढाउने योजना बनाएका छन् । उहाँ धौलागिरि अञ्चलकै नमूना मौरीपालक कृषकका रुपमा चिनिनुभएको छ ।

उक्त उद्योगबाट वार्षिकरुपमा झण्डै साढे छ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्ने गर्दछन् । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ७५० छ ।

त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रति खाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २०० वटासम्म बिक्री गर्ने गरेको खत्रीका छोरा जीवनबाबु खत्रीले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि कतार पुग्नुभएका खत्री पनि गाउँमा जति कमाइ गर्न नसकेपछि पुनः घरमै फर्केर बाबुकै पेशा अँगालेर बस्नुभएको छ ।

दश जनाको संख्यामा रहेको खत्रीको परिवार अहिले पूरै मौरीपालन व्यवसायमा सक्रिय छन् । मौरीको हेरचाह गर्ने, घार निर्माण गर्ने, दाना खुवाउने र मह काढ्ने कामले उनीहरुलाई भ्याइनभ्याइ छ । घरमै बसेर वार्षिक रु २५ लाखसम्म आम्दानी हुन्छ, किन विदेश जानुप¥यो जीवनबाबु भन्नुहुन्छ, “अब यही व्यवसायलाई आधुनिकीरण गरेर अझै बिस्तार गर्ने योजना छ ।”

सो व्यवसायका लागि जिल्ला कृषि विकास कार्यालयले समेत विभिन्न समयमा तालीम तथा प्राविधिक सहयोग र घारसमेत दिने गरेको उहाँले बताउनुभयो । “आफ्नो उद्योगमा उत्पादित मह र घार गाउँमै तथा कुश्माबजार, बागलुङ बजार र पोखरासम्म पनि जाने गरेको जीवनबाबुले जानकारी दिनुभयो ।

“उत्पादन भएदेखि बजारको कुनै समस्या छैन”– उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका फूल र जडीबुटी खाएर बनेको मह भएकाले स्वस्थ्यकर र स्वादिलो छन् ।” प्रत्येक तीन÷तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको खत्रीले जानकारी दिनुभयो । एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो । .

परिश्रम गर्ने हो भने जुनसुकै व्यवसायबाट पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ २७ वर्षीय जीवनबाबु खत्री भन्नुहुन्छ, “यो व्यवसायबाट हाम्रो परिवार निकै सन्तुष्ट बनेको छ ।” उक्त व्यवसायबाट भएको कमाइले विभिन्न शहरबजारमा घरघडेरीसमेत जोडिसकेको पनि उहाँले बताउनुभयो ।

मौरीमात्र हैन उक्त परिवारले गाउँमै माछापालनसमेत गरेको छ । दुई वटा पोखरीमा कमन, नैनी र ग्रास जातका माछापालन गरेका छन् ।

त्यस्तै व्यावसायिक तरकारी र गोँलभेडा खेती पनि गर्दै आएको खत्री परिवारले विकट गाउँका बासिन्दालाई सेवा दिने उद्देश्यले खाद्यान्न कुटनीपिसानी मिलसमेत सञ्चालन गर्दै आएको छ ।

आफ्नो परिवारमात्र नभई यो व्यवसायमा अन्य चार जनालाई रोजगारीसमेत दिएको खत्री अहिले जिल्लाकै नमूना कृषक बन्न सफल भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com