ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व : राजदूत ढकाल


admin
फाल्गुन २०, २०७५ सोमबार  ३ : ०५ बजे

बनेपा, २० फागुन । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ । 

राजदूतमा नियुक्त भएपछि काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिकाले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “सबै काममा आत्मीयता र हार्दिकताका साथ काम गर्नु नै सबैभन्दा ठूलो गुण हो, त्यसैले समस्यामा परेका नेपालीलाई आत्मीयताका साथ सेवा गर्ने मेरो पहिलो कर्तव्य हुनेछ ।” 

राजदूत ढकालले युएई नेपालको तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएकाले त्योसँग आर्थिक कूटनीतिका लागि ठूलो सम्भावना भएको उल्लेख गर्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । 

“हामीले युएईतर्फ तरकारी, फलफूल, पानी र हर्टिकल्चर लगायतका कृषिजन्य बस्तु निर्यात गर्न सक्छौं,” उहाँले भन्नुभयो, “त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर निर्यात प्रवद्र्धनमा जोड दिन आफ्नो प्रयास रहन्छ ।” 

राजदूत ढकालले नेपालमा लगानी भित्रियाउन त्यहाँका उद्योगी व्यवसायीसँग समन्वय र सहकार्य गर्ने उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि आफूले पहल गर्ने धारणा व्यक्त गर्नुभयो । 

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले नगरका बासिन्दा हुनुभएको नाताले राजदूत हुनुभएकोमा गौरवको विषय भएको उल्लेख गर्दै उहाँका कार्यकालको पूर्ण सफलताको कामना गर्नुभयो । काभ्रेपलाञ्चोक जिल्लाबाट राजदूत हुनेमा ढकाल दोस्रो व्यक्तित्व हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com