ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रका रुपमा उक्लने– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
फाल्गुन ६, २०७५ सोमबार   ७ : ४९   बजे


काठमाडौं, ६ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल लगानीका लागि उपयुक्त क्षेत्र भएको बताउनुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’को विश्व रंगमञ्चमा नेपालको उपस्थिति विषयक सोमबारको सत्रमा बोल्दै अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि उपयुक्त क्षेत्र भएको वताउनुभएको हो । उहाले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको र कुनै पनि समस्या नभएका दाबी गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान सरकार प्रजातन्त्रीक निर्वाचनबाट बनेको र सरकारकोलागि विकास नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्नृुभयो ।

उहाले हिजोको सत्रमा विषेश सम्वोधन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि उर्वर गन्तव्य भएको बताउनु भएको प्रसंग स्मरण गर्दै आफुले विदेशी लगानीकर्ताहरुसग औपचारिक तथा अनौपचारिक वार्ताहरुबाट लगानी संकलन गर्ने विषयमा प्रगति भइरहेको बताउनुभयो । उहाले सन २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रका रुपमा उक्लने दाबी गर्नुभयो ।

त्यसैगरी पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संविधान जारी हुनु र शान्ति प्रक्रियाको पूर्णताले नेपाललाई विकासको युगमा प्रवेश गराएको बताउनुभयो । मन्त्री ज्ञावलीले नेपाल कम्युनिस्ट पार्टीकोे नेतृत्वमा सरकार बनेपछि स्थिर र समृद्ध नेपालका लागि मार्ग प्रशस्त भएको दाबी गर्नुभयो । नेपालमा बिगतका द्वन्द्व र अस्थिरताका कारण भएका कठिनाइबारे चर्चा गर्दै यसले समाजमा सिर्जना गरेका समस्यालाई समाधन गर्न सरकार गम्भीर रहेको उहा“ले बताउनुभयो ।

कार्यक्रममा सामाजिक तथा आर्थिक विकासका लागि लगानी र विकास योजनाहरुबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group