ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शाखा उपशाखा नगरपालिकामा प्रवेश


admin
फाल्गुन ३, २०७५ शुक्रबार  ५ : ३७ बजे

बझाङ ,३ फागुन । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो शाखा उपशाखा बिस्तार गरेको छ । विस्तार गर्ने क्रममा बझाङ्गको जय पृथ्वी नगरपालिकामा प्रवेश गरेको हो ।

बीमा समितिले तोकिदिएको बालि तथा पशुपंक्षि बीमा अन्र्तगत विगत चार वर्ष देखि भेटेरीनरी अस्पताल तथा पशुपंक्षि विज्ञ केन्द्रको कार्यालयबाट यस क्षेत्रका किसानहरुलाई सेवा प्रदान गर्दै आएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले यहि फागुन ३ गते देखि जय पृथ्वी नगरपालिका वार्ड नं। १० चैनपुरको शान्तिमार्गमा उपशाखा कार्यालय संचालनमा ल्याएको छ ।

नेपाल पत्रकार महासंघ बझाङ्ग शाखाका उपाध्यक्ष श्री सम्राट बहादुर सिंहको दूर्घटना बीमा लेख जारी गर्दै कार्यालयको अनौपचारीक शुभारम्भ गरेको छ ।

बाली तथा कृषि बीमाका अतिरिक्त यस उपशाखाबाट मोटर बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, स्वास्थ्य बीमा, दूर्घटना बीमा, लगायत निर्जीवन बीमाका सबै प्रकारका बीमालेखहरु जारिहुने कम्पनीले जनाएको छ ।

मानवीय आवश्यकताहरु मध्ये गाँस, बास, कपास पछिको चौथो आवश्यकताको रुपमा रहेको बीमालाई आम नेपाली समक्ष पु¥याई सरल र चुस्त दुरुस्त सेवा दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेड सक्षम र तत्पर रहेको जनाउँदै यस उपशाखा कार्यालयको स्थापना पछि बीमाको पहुँचमा बृद्धि समेत हुने कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलिले बताउनुभयो ।
संविधानमा व्यवस्था गरिएको समाजवाद उन्मूख अर्थ व्यवस्था र समृद्धिको यात्रामा बीमाको महत्व उल्लेखनिय हुने हुँदा राष्ट्रिय बीमा कम्पनीले यस क्षेत्रमा सहज र सरल रुपमा सेवा विस्तार गर्दै जनताको मन जित्न सफल हुने समेत उहाँको भनाइ छ ।

बझाङ् जिल्लाको आर्थिक विकासको लागि बैंकहरुको प्रवेशसँगै बीमाको आवश्यकता महशुस गरिएको सन्दर्भमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रवेश नगरवासी तथा आम बझाङ्ग वासीहरुका लागि उत्साहको विषय बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com