ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक व्याज विरुद्ध उद्योगी व्यवसायीहरुको तेस्रो चरणको आन्दोलन,बैंकका शाखा प्रमुख मार्फत केन्द्रमा ज्ञापन


admin

भैरहवा, २९ माघ । बैंकको चर्को व्याजदर विरुद्धमा विगतका केही दिनदेखि आन्दोलनमा रहेका यहांका उद्योगी व्यवसायीले तेस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार विभिन्न बैंकका शाखा प्रबन्धक मार्फत बैंकका केन्द्रिय प्रमुखहरुलाई ज्ञापन पठाएका छन् ।

आन्दोलनको अगुवाई गरिरहेको संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीको नेतृत्वमा कृषि विकास बैंकको क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक मिनराज पोख्रेललाई ज्ञापन दिएर तेस्रो चरणको आन्दोलनमा लागेको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले जानकारी दिए ।

यस्तै भैरहवामा शाखा रहेका सनराईज बैंक,साईन रेसुङगा डेभ्लपमेण्ट बैंक लिमिटेड,लक्ष्मी बैंक,गण्डकी विकास बैंक,नेपाल कम्युनिटी बैंक लिमिटेड,नेपाल ईन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेड,नेपाल बैंक लिमिटेड,जनता बैंक,तिनाउ विकास बैंकका शाखा प्रबन्धक मार्फत केन्द्रमा ज्ञापन बुझाएका हुन् । उद्योगीहरुले व्याज समायोजन नगरिए चैत मसान्तसम्म व्याज किस्ता रोक्क गर्ने चेतावनी दिएका छन् ।

उद्योग व्यवापार संगठन रुपन्देहीको अगुवाई चलिरहेको आन्दोलनलाई थप सशतm बनाउने गरि अगाडि बढेको र निकास ननिस्कदा सम्म आन्दोलन नरोकिने संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिए ।

बैंकहरुले कर्जा दिंदाको समयमा निर्धारण गरेको व्याजलाई आधार मानेर आम्दानीको विवरण माग्ने तर विना जानकारी व्याज बढाउंदा त्यो आन्दानीले बढेको व्याजलाई थेग्न सक्छकि सक्दैन् जानकारी विनै मनोमानी गर्ने परीपाटी गलत भएको संगठनका सल्लाहकार तथा व्यवसायी फैंज अहमद खांले बताए ।

बैंकले आफ्नो फाईदाको लागि नियमको समेत हेक्का नराखेको उनको दावी छ । टोलीमा संगठनका वरिष्ठ उपाध्यक्ष गिरीसचन्द्र त्रिपाठी,उपाध्यक्ष रामचन्द्र रेग्मी लगायत पदाधिकारी सदस्यहरुको सहभागिता थियो ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत माघको २८ गतेदेखि फागुनको तीन गते सम्म यहां रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धक मार्फत कार्यकारी प्रमुखलाई बैंक ज्याज घटाउन दवाव दिने गरी ज्ञापन बुझाउने,यस्तै फागुन ४ गतेदेखि ७ गतेसम्म सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई आह्वान गर्ने र सबैलाई आफ्नो व्यतिmगत व्याज घटाउनका लागि अनुरोध गर्दै सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा निवेदन दर्ता गराउंने नियर्ण यस्तै निवेदन दर्ता गरेको १५ दिनसम्म पनि व्याज घटाउने तर्फ पहल नगरिए चैंत समान्तमा व्याज तथा किस्ता तिर्न सक्दैनौ भन्ने चेतावनी दिने व्यवसायीहरुले निर्णय गरेका छन् । यस्तै फागुनको ८ गते नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सहित सबै बैंक तथा वित्तीय संस्था,अन्य विभिन्न संघसंस्थाको उपस्थितिमा छलफल गर्ने गरी गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com