ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर शाक्यद्वारा नौं वटा नगरपालिकालाई १-१ करोड रकम हस्तान्तरण


admin
माघ २७, २०७५ आईतबार   ५ : २६   बजे


काठमाडौं,२७ माघ । काठमाडौं महानगरपालिकाले मातहतका नौं वटा नगरपालिकालाई १–१ करोड रकम हस्तान्तरण गरेको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मातहतका नौं वटा नगरपालिकालाई ‘नगर–नगर साझेदारी’ कार्यक्रम अन्तरगत १-१ करोड रकम हस्तान्तरण गर्नु भएको हो ।

हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी सो रकम महानगरपालिकाले मातहतका सबै नगरपालिकालाई हस्तान्तरण गरेको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिनु भयो ।

उहाँले सो बजेट तोकिएको परियोजनामा खर्च नगरे सम्बन्धित नगरपालिकाले ब्याजसहित फिर्ता गर्नुपर्ने सर्त पनि राखिएको जानकारी दिनु भयो ।

सम्झौंता अनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ निर्माण गर्नुपर्नेछ । त्यसैगरी शंखरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनोहरा नगरपालिकाले कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम निर्माण गर्नुपर्नेछ ।

सूचना अधिकारी आचार्यले गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क निर्माण गर्ने, बुढानिलकण्ठ नगरपालिकाले हात्तिगौडामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम, नागार्जुन नगरपालिकाले डाँडा पौवामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकाले उद्यान निर्माण र दक्षिणकाली नगरपालिकाले दक्षिणकाली मन्दिर वरपर बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, मन्दिरको सिँढी तथा पर्खाल निर्माण गर्ने समझदारीसहित चालू आर्थिक वर्षको बजेटबाट सबै नगरपालिकालाई सो रकम हस्तान्तरण गरिएको पनि जानकारी दिनु भयो ।

सम्झौता अनुसार महानगरपालिकाले हरेक वर्ष सो परियोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ । दिइएको बजेट तोकिएको परियोजनामा खर्च नगर्ने नगरपालिकाले महानगरपालिकालाई व्याजसहितको रकम बुझाउनुपर्ने सर्त छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकाले सबै नगरपालिकासँग सहकार्य गरेर काठमाडौं महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन हरेक नगरपालिकासँग साझेदारी कार्यक्रम नै संचालन गरेको पनि स्पष्ट पार्नु भयो ।

काठमाडौं महानगरपालिकाले यस अघि नै टोखा नगरपालिकालाई १ करोड रकम हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group