ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री पोखरेलद्वारा महोत्सवको उद्घाटन


admin
पुस २६, २०७५ बिहीबार  ७ : २९ बजे

घोराही, २६ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर  ले थारू कल्याणकारिणी सभा दाङले आयोजना गरेको प्रदेशस्तरीय ‘प्रादेशिक माघ महोत्सव’को आज उद्घाटन गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले थारू समुदाय कला संस्कृतिको खानी भएकाले आफ्नो संस्कारलाई पर्यटनसँग जोड्न आगह गर्नुभयो । “थारू जातिसँग अथाह कला संस्कार छ, तर ती सबै चाडपर्वको नाममा सकिएका छन्,” उहाँले भन्नुुभयो, “कलालाई कसरी पर्यटन व्यवसायीसँग जोड्ने भन्ने कुरा बुझ्नु आवश्यक छ ।”

उहाँले चितवनका थारूले परम्परागत कलालाई पर्यटनसँग जोडेर उदाहरणीय कार्य गरेको मात्र नभई कलालाई व्यावसायिक रुपान्तरण गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरीले ‘माघी’ थारूको ऐतिहासिक पर्व भएको बताउनुभयो । मुलुकबाट कम्लरीप्रथा मुुक्त भइसकेकाले माघीलाई थारू समुदायले विशेष पर्वका रुपमा मनाउनुपर्ने उहाँको भनाइ थियो ।

“कम्लरी मुक्त हुनुभन्दा अघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो, तर कम्लरी मुक्त भइसकेपछि यस पर्वलाई उन्मुक्तिको पर्वका रुपमा थारू समुदायले मनाउने गरेका छन्,” उहाँले भन्नुभयो, “थारू समुदायले चाडपर्वलाई अब कला प्रस्तुत गर्ने पर्वका रुपमा मनाउनुपर्छ ।”

महोत्सवमा थारू कला, संस्कृति र वेशभूषा प्रस्तुत गरिएको थियो । महोत्सवमा प्रदेश नं ५ का सात जिल्लाका साथै कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका थारू कलाकारले आफ्नो परम्परा र वेशभूषासँग जोडिएर कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com