ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुमार्गीलाई वैदेशिक लगानीबाट निकालेको रकम जम्मा गर्न आदेश


admin
पुस २६, २०७५ बिहीबार  ६ : ४६ बजे

काठमाडौं,२६ पुस । सर्वोच्च अदालतले अयजराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीबाट निकालेको रकम नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा जम्मा गर्न आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीश डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले मङ्गलबार जारी गरी आज सार्वजनिक गरेको लिखित आदेशमा सुमार्गीलाई वैदेशिक लगानीबाट आएर निकालेको रकम पुनः सो खातामा जम्मा गर्न आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “कानूनबमोजिम रकम नेपाल भित्र्याइएकोे हो वा होइन भन्ने प्रश्न अनुत्तरित्त अवस्थामा हुँदा कानूनबमोजिम जे जस्तो कारवाही र प्रक्रिया अपनाउनुपर्ने हो अपनाइ सो रकम इन्भेष्टमेन्ट बैंकमा राख्नु, राख्न लगाउनु ।”

नेपाल राष्ट्र बैंकको लिखित जवाफमा रकम पठाउने अजयराज सुमार्गी र प्राप्त गर्ने उहाँकै स्वामित्वको मुक्तिश्री कम्पनी रहेकाले विदेशी ऋण भन्नसक्ने अवस्था नभई शङ्कास्पद देखिएको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, “रकम पठाउने व्यक्तिको नाम अजयराज सुमार्गी पराजुली भन्ने देखिएको तथा रकम प्राप्त गर्नेको नाम मुक्तिश्री सिमेन्ट उद्योग प्रालि भन्ने देखिएको हुँदा एकै व्यक्तिले निजसँग सम्बन्धित कम्पनीले प्राप्त गर्ने गरी विदेशबाट ऋण लगानी भनिएको रकम पठाएको हुँदा उक्त कारोवार शङ्कास्पद देखिएको छ ।”

यस मुद्दामा सम्पत्ति शुद्धीकरण (मनी लउन्डरिङ) निवारण ऐनअन्तर्गतको कारवाही चलाउनुपर्ने देखिएकोसमेत आदेशमा उल्लेख छ । न्यायाधीश दीपकराज जोशीको इजलासले यही पुस १० गते सो सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । संयुक्त इजलासको आदेशले सुमार्गीले निकालेको रकम पुनः खातामै राख्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको यही पुस २४ गतेको सुनुवाइपछि पहिलो सुनुवाइमा दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको थियो ।

जोशीको इजलासले सो उद्योगको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी नरोक्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सुर्खेतमा रहेको सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर सुमार्गीको खातामा जम्मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com