ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमसञ्चार ऐनको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण


admin
पुस २५, २०७५ बुधबार  ८ : ५१ बजे

 

धनुषा, २५ पुस । नेपाल पत्रकार महासङ्घ केन्द्रले बनाएको आमसञ्चार ऐनको नमूना मस्यौदा आज महासङ्घ प्रदेश नं २ ले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई महासङ्घ प्रदेश नं २ का महासचिव किरणकुमार कर्णले उक्त मस्यौदा हस्तान्तरण गर्नुभएको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विश्वव्यापी मान्यता, नेपालको संविधानको व्यवस्था र नेपालमा कार्यान्वयनमा रहेका तीन तहका सरकारको मूल मर्मअनुरुप यो मस्यौदा महासङ्घ केन्द्रले तयार गरेको महासचिव कर्णले जानकारी दिनुभयो ।

स्वतन्त्र मिडियामाथि राज्यका कुनै पनि तहका निकायबाट हस्तक्षेप हुनु हुँदैन भन्ने मान्यताअनुरुप मिडियासम्बन्धी स्वतन्त्र र स्वायत्त संरचनाको कल्पना मस्यौदामा गरिएको छ ।

सो अवसरमा मन्त्री यादवले प्रदेश आमसञ्चार ऐनको मस्यौदा सरकारले सकारात्मकरुपमा लिएको बताउँदै पत्रकारको चाहना बमोजिम छिट्टै नै एकीकृत सूचना तथा सञ्चार विधेयक आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तेस्रो पूर्ण बैठक

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ को प्रादेशिक कार्य समितिको तेस्रो पूर्ण बैठक धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित हारसरमा सम्पन्न भएको छ ।

महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न बैठकले महासङ्घ प्रदेश नं २ को प्रादेशिक समितिको कार्यालय एक साताभित्रमा व्यवस्थापन गर्नका लागि महासचिव, कोषाध्यक्ष र जनकपुरमा रहेका पदाधिकारी एवं सदस्यहरुलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बैठकले प्रदेश नं २ मा प्रेसलाई हतोत्साही गर्ने गरी विभिन्न घटनाक्रम बढ्दै गइरहेको ठहर गर्दै प्रेस स्वतन्त्रताका विरुद्ध हुने कुनै पनि कामकारवाही र गलत कदमको सशक्त विरुद्ध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com