ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत


admin

काठमाडौं,२५ पुस । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय जनताको जीवनस्तर उठाउन जडीबुटीको व्यवसायीकरण आवश्यक रहेको बताउनुभएको छ ।

वनस्पति विभागद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जडीबुटीको व्यवसायीकरणबाटै रोजगारी सिर्जना तथा आयआर्जनमा वृद्धि, गरीबी निवारण र मुलुकको समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “नेपालमा जडीबुटी ठूलो सम्भावना भएको क्षेत्र हो, जडीबुटीको उत्पादन बिक्रीका लागि दुई ठूला छिमेकी र अन्तर्राष्ट्रियस्तरमा ठूलो बजार छ ।” जडीबुटीको क्षेत्रमा थप अनुसन्धान र स्थानीय जनतामा पनि सचेतनाको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

विभागले बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वनजङ्गलबाट तथा दुबैबाट आपूर्तिको व्यवस्था मिलाउन कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारणको प्रस्ताव तयार गरेको हो । विभिन्न अध्ययनका आधारमा सो क्षेत्रमा अतिस, कुट्की, जटामसी, टिमुर र काउलो प्रजातिका जडीबुटी छनोट गरी खेती हुने सम्भावित स्थानको समेत निर्धारण गरिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हिमाल र हिमाली जडीबुटीलाई ब्राण्डिङ गर्नुपर्ने बताउँदै यस क्षेत्रमा हालसम्म भएका अध्ययन र नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले जडीबुटी क्षेत्रको व्यावसायिकताका लागि जनशक्ति र संरचनागत विकासको आवश्यकता रहेको बताउनुभयो । विभागका महानिर्देशक सञ्जीवकुमार राईले जडीबुटीको धेरै उत्पादन भएको क्षेत्र भएकाले पहिलो चरणमा नमूना परियोजनाका रुपमा कर्णाली प्रदेशमा कार्यक्रम अघि बढाइएकोे र यसपछि क्रमशः सबै प्रदेशमा परियोजना अघि बढाइने जानकारी दिनुभयो ।

कार्यक्रममा उपमहानिर्देशक मोहनदेव जोशीले कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारणसम्बन्धी, जडीबुटी विज्ञ डा भीष्म सुवेदीले नेपालमा जडीबुटीमा आधारित उद्यमशीलताको अवस्था र अर्का विज्ञ दीपेश प्याकुरेलले जडीबुटी व्यापारको विद्यमान अवस्थाका बारेमा प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com