ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने


admin
पुस २३, २०७५ सोमबार  ४ : ५३ बजे

काठमाडौं,२३ पुस । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा आज कर्मचारीले उहाँको स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले चौथो पुस्ताको ‘फोर जी’ सेवालाई देशभर विस्तार गरिने बताउनुभयो । सरकारले आगामी एक वर्षभित्र फोर जी सेवालाई विस्तार गर्ने कार्यादेश दिएको जानकारी दिनुहुँदै उहाँले सो अवधिभित्रै उक्त कार्य सम्पन्न गरिने बताउनुभयो । टेलिकमले हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा विस्तार गरेको छ ।

टेलिकमको सेवालाई गुनासोरहित गुणस्तरीय बनाउने सङ्कल्प आफूले लिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सेवा सुधारमा मेरो प्रमुख ध्यान रहन्छ । त्यसमा सम्पूर्ण कर्मचारीको साथ सहयोग र सक्रिय सहभागिता रहन्छ भन्ने मैले विश्वास लिएको छु ।

” ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारमा समेत नजितामुखी काम गर्ने योजनामा आफू रहेको भन्दै प्रबन्ध निर्देशक अधिकारीले सरकारको योजना र लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा विस्तार र विकासमा लाग्ने स्पष्ट पार्नुभयो ।

नेपाल टेलिकमप्रति आम नागरिकको ठूलो सद्भाव, साथ तथा सहयोग रहेको भन्दै उहाँले व्यावसायिक कर्ममार्फत विश्वसनीय र गुणस्तरीय सेवा दिने प्रण गर्नुभयो । यस्तै टेलिकमको विलिङ प्रणालीलाई गुणस्तरीय र विश्वस्तरीय बनाउने, सेवा सुधारमा विशेष ध्यान दिने र सबै कर्मचारीलाई क्षमताअनुसारको जिम्मेवारी दिने अधिकारीले बताउनुभयो ।

आधिकारिक टे«ड युनियनसँग मिलेर काम गर्ने भन्दै उहाँले कर्मचारीका अन्य सङ्गठनसँग पनि उत्तिकै भरोसा रहेकाले सबैले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कूल रु १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमले गत आर्थिक वर्षमा रु ३९ अर्ब ४४ करोड आम्दानी गरेको थियो । टेलिकमले गत आवको नाफाबाट शेयरधनीलाई प्रतिशेयर रु ५५ मुनाफा दिने प्रस्ताव गरेको छ ।

टेलिकमले सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभरुपमा सबैलाई उपलब्ध गराउनाका साथै दूरसञ्चार क्षेत्रमा देशकै अग्रणी सेवा प्रदायकका रुपमा स्थापित हुने परिकल्पना गरेको छ ।

प्रगतिशील संस्थाका रुपमा ग्राहकको हित तथा सेवामा समर्पित रही देशभर भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराइ देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउने टेलिकमको अभियान छ ।

यस्तै देशका शहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । हाल टेलिकमका आधारभूत र मोबाइल फोन गरी कूल दुई करोड ग्राहक छन् । शेयर बजारमा बजार पूँजीकरणका आधारमा टेलिकम सधँै अग्रस्थानमा रहँदै आएको छ ।

सो कम्पनीको रु एक खर्ब १० अर्ब १० करोड बराबरको बजार पूँजी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेपाल टेलिकमको शेयर दोस्रो बजारमा प्रतिकित्ता रु ७३४ मा खरीद बिक्री हुँदै आएको छ । बजार घटिरहँदासमेत नेपाल टेलिकमको शेयरमा कुनै प्रभाव परेको छैन ।

गत साउन २९ गते टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि सरकारले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

मोबाइल ब्रोडब्याण्ड, अन्तर आबद्धता र व्याकबोन ट्रान्समिशनमा विशेष दख्खल राख्ने अधिकारीले टेलिकमलाई व्यावसायिक र थप प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com