ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने


admin

काठमाडौं,२३ पुस । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा आज कर्मचारीले उहाँको स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले चौथो पुस्ताको ‘फोर जी’ सेवालाई देशभर विस्तार गरिने बताउनुभयो । सरकारले आगामी एक वर्षभित्र फोर जी सेवालाई विस्तार गर्ने कार्यादेश दिएको जानकारी दिनुहुँदै उहाँले सो अवधिभित्रै उक्त कार्य सम्पन्न गरिने बताउनुभयो । टेलिकमले हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा विस्तार गरेको छ ।

टेलिकमको सेवालाई गुनासोरहित गुणस्तरीय बनाउने सङ्कल्प आफूले लिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सेवा सुधारमा मेरो प्रमुख ध्यान रहन्छ । त्यसमा सम्पूर्ण कर्मचारीको साथ सहयोग र सक्रिय सहभागिता रहन्छ भन्ने मैले विश्वास लिएको छु ।

” ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारमा समेत नजितामुखी काम गर्ने योजनामा आफू रहेको भन्दै प्रबन्ध निर्देशक अधिकारीले सरकारको योजना र लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा विस्तार र विकासमा लाग्ने स्पष्ट पार्नुभयो ।

नेपाल टेलिकमप्रति आम नागरिकको ठूलो सद्भाव, साथ तथा सहयोग रहेको भन्दै उहाँले व्यावसायिक कर्ममार्फत विश्वसनीय र गुणस्तरीय सेवा दिने प्रण गर्नुभयो । यस्तै टेलिकमको विलिङ प्रणालीलाई गुणस्तरीय र विश्वस्तरीय बनाउने, सेवा सुधारमा विशेष ध्यान दिने र सबै कर्मचारीलाई क्षमताअनुसारको जिम्मेवारी दिने अधिकारीले बताउनुभयो ।

आधिकारिक टे«ड युनियनसँग मिलेर काम गर्ने भन्दै उहाँले कर्मचारीका अन्य सङ्गठनसँग पनि उत्तिकै भरोसा रहेकाले सबैले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कूल रु १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमले गत आर्थिक वर्षमा रु ३९ अर्ब ४४ करोड आम्दानी गरेको थियो । टेलिकमले गत आवको नाफाबाट शेयरधनीलाई प्रतिशेयर रु ५५ मुनाफा दिने प्रस्ताव गरेको छ ।

टेलिकमले सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभरुपमा सबैलाई उपलब्ध गराउनाका साथै दूरसञ्चार क्षेत्रमा देशकै अग्रणी सेवा प्रदायकका रुपमा स्थापित हुने परिकल्पना गरेको छ ।

प्रगतिशील संस्थाका रुपमा ग्राहकको हित तथा सेवामा समर्पित रही देशभर भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराइ देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउने टेलिकमको अभियान छ ।

यस्तै देशका शहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । हाल टेलिकमका आधारभूत र मोबाइल फोन गरी कूल दुई करोड ग्राहक छन् । शेयर बजारमा बजार पूँजीकरणका आधारमा टेलिकम सधँै अग्रस्थानमा रहँदै आएको छ ।

सो कम्पनीको रु एक खर्ब १० अर्ब १० करोड बराबरको बजार पूँजी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेपाल टेलिकमको शेयर दोस्रो बजारमा प्रतिकित्ता रु ७३४ मा खरीद बिक्री हुँदै आएको छ । बजार घटिरहँदासमेत नेपाल टेलिकमको शेयरमा कुनै प्रभाव परेको छैन ।

गत साउन २९ गते टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि सरकारले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

मोबाइल ब्रोडब्याण्ड, अन्तर आबद्धता र व्याकबोन ट्रान्समिशनमा विशेष दख्खल राख्ने अधिकारीले टेलिकमलाई व्यावसायिक र थप प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com