ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य


admin
पुस २३, २०७५ सोमबार  २ : २० बजे

कञ्चनपुर, २३ पुस । जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताउनुभएको थिएन ।

जन्मिँदादेखि दुई वर्षको हँुदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भन्नुभयो, “सामान्यरूपमा हिँड्न थाले पनि माटो पाए माटै, जे पायो त्यही खान थालेपछि बाँध्नुपरेको छ ।”

हिरादेवीको नाति रक्की १० वर्षको भएको छ । सात वर्षअघिदेखि परिवारले उनलाई घरभित्र र बाहिर खटियामा हात बाँधेर राख्दै आएका छन । जे पायो त्यही खाइदिने, शरीरमा दिसापिसाब आएको थाहा नहुने र दिसापिसाब पनि खाइदिन थालेपछि बाँध्नुपरेको हिरादेवीले बताउनुभयो ।

हिरादेवीको सनवोरा नदी किनारामा एक कठ्ठा जग्गामा बनेको छाप्रो मात्रै सम्पत्तिका रूपमा रहेको छ । उहाँका छोरा र बुहारीले मजदूरी गरी घरको खर्च धान्ने गरेका छन । मजदूरी नगरे परिवारले भोकै बस्नुपर्छ । आर्थिक अभावले रक्कीको परिवारले उपचार गराउन पाएको छैन । भारतको नयाँ दिल्लीमा मजदूरी गर्न गएका बेला परिवारले चिकित्सकलाई देखाउँदा मानसिक अवस्था कमजोर रहेकाले उपचार गरे ठीक हुनसक्ने चिकित्सकले बताएको हिरादेवीले बताउनुभयो ।

परिवारको साँझ बिहानको खर्च उठाउन त निकै मुस्किल भएको अवस्थामा उपचार गराउने पैसा भएन । “बाध्यतावश घरमै बाँधेर राख्नुपरेको छ”, उहाँले भन्नुभयो, “छिट्टै जाति गराउन पाए हुन्थ्यो । उपचार पाएर ठीक हुन्छ कि भन्ने आशा छ । कहाँ उपचारका लागि लैजाने त्यो पनि थाहा छैन । उपचारका लागि एक सुको पैसा घरभित्र छैन । एक जनाले रक्कीकै लागि घर कुर्नुपरेको छ । यस्तो अवस्था कसैलाई नआओस् ।”

जनप्रतिनिधि आए पनि कसैले पनि उपचारका लागि सहयोगी हात अगाडि नबढाएको सुनार परिवारको गुनासो छ । निर्वाचनका बेला मत माग्नका लागि घर दैलोमा पुगेकाले निकै अश्वासन दिएको सुनार परिवारको स्मरणमा छ । चुनाव जितेर पदमा पुगेपछि सोध्न पनि कोही आएका छैनन् ।

पूर्णरूपमा अपाङ्गता रहेको भए पनि अपाङ्गता परिचयपत्रसमेत जानकारीको अभावमा परिवारले बनाउन सकेका छैनन् । समाजमा विद्यमान छुवाछुतकै कारण दलित परिवार भएकैले जनप्रतिनिधि आए पनि उपचार नपाएर अबोध बालकले पीडा सहनुपरेको कुरा कसैका लागि पनि सैह्य नहुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताउनुभयो ।

“पीडित बालकका लागि उपचारको व्यवस्था मिलाउन नगरपालिकासँग माग गर्छौँ”, उहाँले भन्नुभयो, “समाजको तर्फबाट हुने सहयोगका लागि तत्पर रहेका छौँ ।” मुक्त हलिया समुदायका महिलाका लागि सञ्चालन गरिएको तालीमको खाजा खर्च कटाएर केही सहयोग तत्काल गरिने र बाँकी उपचारका लागि खर्च जुटाउनेतर्फ लागेको उहाँले बताउनुभयो ।

पीडित बालककै घर छेउमा वडा अध्यक्षको घर भए पनि उपचारका लागि पहल नगर्नु दुःखद् भएको उहाँको भनाइ छ । सुनार परिवारले रक्कीको उपचारका लागि दातृ निकायलाई समेत गुहारेका छन् । सहयोगी हात अगाडि बढाई उपचार गराइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु,पार्किङ विवादले लियो उग्र रूप

सम्बन्धित

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

धादिङ बस दुर्घटनामा १९ जनाले ज्यान गुमाए

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com