ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐन संसद्ले फिर्ता लिनुहुँदैन : अध्यक्ष बिजुक्छे


admin
पुस २२, २०७५ आईतबार  ७ : ५२ बजे

भक्तपुर, २२ पुस । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमाण बिजुक्छेले संसद्ले बनाएको ऐन कानून फेरि संसद्ले फिर्ता लिन नहुने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा आज आयोजित भक्तपुर नगरव्यापी “धाँ बाजा” प्रतियोगिता २०७५ का विजयीलाई पुरस्कार वितरण समारोहमा उहाँले कार्यान्वयनमा पनि राम्रोसँग नआइ संसद्ले बनाएको ऐन कानून फिर्ता गर्न नहुने बताउनुभयो ।

बिजुक्छेले भक्तपुर नगरक्षेत्र नाच तथा बाजाको जीवित विश्वविद्यालय रहेको र बाजागाजाका गुरु बाजा र संस्कृतिका प्राध्यापक भएको बताउनुभयो ।

त्यसअवसरमा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले चुनावलगत्तै प्रदेशको नाम र राजधानी तोक्ने काम गर्नुपर्नेमा त्यति पनि गर्न नसक्नु विडम्बना भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले काठमाडौँ र ललितपुरमा कला, संस्कृति र सम्पदा हराउँदै गएका अवस्थामा भक्तपुर नगरपालिकाले भने कला संस्कृतिको जगेर्ना गर्ने कार्य गरिरहेको बताउनुभयो ।

एकतीस समूह सहभागी रहेको धा बाजा प्रतियोगितामा प्रथम नासःहैमा बाजा खलः, द्वितिय नित्यनाथ दाफा भजन धाँ बाजा, तृतिय एभरेष्ट इ स्कुल धाँ बाजा, सान्त्वना राइजिङ कल्चर ग्रुप र सान्त्वना आकाश भैरव नौ बाजा भजन गुठीले पुरस्कार हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु,पार्किङ विवादले लियो उग्र रूप

सम्बन्धित

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

धादिङ बस दुर्घटनामा १९ जनाले ज्यान गुमाए

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com