ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यकर्तालाई गुटमा नलाग्न नेता पौडेलको निर्देशन


admin
पुस २२, २०७५ आईतबार  ६ : ५२ बजे

चितवन, २२ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको १३औँ दिनको पुण्यतिथिमा उहाँको निवास खैरहनीमा नेपाली काङ्ग्रेस चितवनले आज आयोजना शोकसभालाई सम्बोधन गर्नुहुँदै उहाँले गुट भनेर कुनै पनि नेताको पछि लाग्न नहुने बताउनुभयो ।

महासमितिको बैठकपछि पार्टीभित्र एकताको सन्देश आएको भन्दै उहाँले भन्नुभयो, “अब म देउवा काङ्ग्रेस, पौडेल काङ्ग्रेस भनेर नलाग्नुस् म नेपाली काङ्ग्रेस भनेर लाग्नुस् ।” गुटपछि नलाग्ने हो भने आउने निर्वाचनबाट समृद्धिको नेतृत्व काङ्ग्रेसले गर्ने उहाँले बताउनुभयो ।

पार्टी एक ढिक्का बन्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “इमान्दार भएर पार्टीमा लाग्नुस् तपाईँको मुल्याङ्कन पार्टीले गर्छ ।” काङ्ग्रेस सङ्कटमा रहेको र सुधार्नु पर्ने बताउँदै उहाँले भन्नुभयो, “माथिल्लो तहमा हामी मिल्याँै तल्लो तहमा तपाईँहरु मिल्नुस् ।”

मुलुकमा लोकतन्त्रलाई साकार पार्ने काम र जनतालाई समृद्धि दिन काङ्ग्रेसले मात्र सक्ने उहाँको दावी थियो ।

सो अवसरमा नेता पौडेलले नेपाली काङ्ग्रेस चितवनका पूर्वउपसभापति समेत रहनुभएका अधिकारीको निधनले सिङ्गो काङ्ग्रेसमा अतुलनीय क्षेती पुगेको बताउनुभयो ।

अधिकारी परिवारले लमजुङबाटै राजनैतिक र सामाजिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको भन्दै उहाँले हलो क्रान्तिको अभियानमा अधिकारी परिवारको अतुलनीय योगदान रहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापतिहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, टिकाराम न्यौपाने, कृष्णलाल सापकोटा, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रघुनाथ न्यौपाने लगायतले बोल्नुभएको थियो ।

यस अघि आजै पौडेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परी निधन भएका पत्रकार प्रबिण पौडेलको रत्ननगरमा रहेको निवासमा पुगेर समवेदना प्रकट गर्नुभएको थियो ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शोकसभामा उहाँले कार्यक्षेत्रमा रहँदा एक पत्रकारले ज्यान गुमाउनु परेको सुन्दा आफूलाई दुःख लागेको बताउनुभयो । एपि वानमा कार्यरत पौडेलको यही पुस १३ गते रत्ननगरमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com