ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुँदै


admin
पुस २१, २०७५ शनिबार  ४ : ५२ बजे

पोखरा, २१ पुस । वर्षौंदेखि खानेपानीको चरम अभाव भोग्दै आएका रुपा गाउँपालिका–७ हंसपुरका स्थानीयवासी उक्त समस्याबाट मुक्त बन्ने भएका छन् ।

युनिका फाउण्डेशन नेदरल्याण्ड, रुपा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सो वडामा ‘रामकोट सोलार लिप्टिङ खानेपानी परियोजना’ निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

गाउँपालिकाको कुडुलेखोलाबाट ७५० मिटरको उचाइमा अवस्थित स्याक्लुङ र डिस्टागाउँमा छुट्टाछुट्टै दुईवटा निर्माण गरिने पानीट्याङ्कीसहितको सो परियोजनाको कूल लागत रु पाँच करोड ८९ लाख एक हजार २५६ रहेको छ ।

योजनाका लागि फाउण्डेशनको रु तीन करोड ४३ लाख ६६ हजार ३५३, रुपा गाउँपालिकाको रु एक करोड ८८ लाख ४५ हजार १२० र नेपाल रेडक्रस सोसाइटीको रु तीन लाख लगानी हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनका प्रतिनिधि सुष्मा थापा, रेडक्रस जिल्ला अध्यक्ष डोलराज पाण्डे र गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उच्च पहाडी भागमा रहेको सो वडामा वर्षौंदेखि स्थानीयवासीलाई एक गाग्री खानेपानीको लागि घण्टौँसम्म समय खर्चिनुपर्ने बाध्यताको अन्त्यका लागि सञ्चालन गरिने योजना साढे दुई वर्षमा सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानलाई मूर्तरुप दिने उद्देश्यका साथ गरिएको सम्झौताले प्रत्येक घरमा धारा जडान गरिने लक्ष्य राखिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

“योजना सम्पन्न भएपछि ३३३ परिवारका लगभग दुई हजारसहित वडा कार्यालय, तीन वटा सामुदायिक विद्यालय, हेल्थपोष्ट र कृषि विकास कार्यालयमा आउने विद्यार्थी एवं सेवाग्राहीले खानेपानीको सुविधा पाउने छन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार गाउँपालिकाको अन्य वडामा १९ वटा खानेपानी योजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । एक वर्षको अवधिमा घर घरमा खानेपानी पु¥याउने गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिनुभयो ।

परियोजनाका प्राविधिक कालीदास सापकोटाका अनुसार योजनाको दिगोपनाका लागि स्थानीय आठ जनालाई आवश्यक तालीम प्रदान गरी मर्मतसम्भार गर्नसक्ने दक्ष जनशक्ति तयार गरिने लक्ष्य छ ।

उपल्लो भागमा रहेको मूललाई पाइप विस्तार गरी गाउँसम्म ल्याएर खानेपानीको सुविधा पु¥याउँदै आएकोमा पछिल्लो समय तल्लो भागबाट माथि पानी लैजान जटिल प्रकृति भए पनि सोलार लिफ्टिङ प्रविधि उपयोगी बनेको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डोलराज पाण्डेले बताउनुभयो ।

पानीका स्रोतभन्दा ग्रामीण बस्ती उच्च स्थानमा भएका कारण अधिकांश स्थानमा पानीको चरम अभाव भइरहेका वेला कास्की र आसपासका जिल्लामा लिफ्टिङ प्रविधि वरदान सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

सम्बन्धित

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com