ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुत्केरी हुँदा भुइँमा सुत्ने चलन हट्दै


admin
पुस २१, २०७५ शनिबार  २ : १२ बजे

गलेश्वर, २१ पुस । परम्परागत रूपमा गाउँघरतिर चल्दै आएको सुत्केरी अवस्थाका महिलालाई भुइँमा सुत्नुपर्ने बाध्यकारी चलन पछिल्लो समयमा आएर हट्दै गएको छ ।

बेनी नगरपालिकासहित म्याग्दीका छवटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन र विभिन्न सङ्घसंस्थाले नवजात शिशु, सुत्केरी महिला र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेपछि सुत्केरी स्याहार गर्ने चलनमा सुधार आएकोे हो ।

समयमै गर्भ जाँच, सुत्केरी सामग्री, सुत्केरी अवस्थामा देखिने खतराका लक्षणलगायतका कुरामा पनि महिलाले विशेष ध्यान पु¥याउन थालेका छन् ।

अशिक्षाका कारण विभिन्न समस्या भोग्दै आएका ग्रामीण महिलामा चेतना आएपछि समूहमा आउने सुरक्षित मातृत्वसम्बन्धी छलफल गर्ने, सुत्केरी हुन अस्पताल जाने, सुत्केरीपछि ४२ दिन आराम गर्नेलगायतका कुरामा स्थानीय महिला समूहले सहयोग गर्न थालेको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

पहिला पहिला सुत्केरी भएको तीन दिनपछि नै काम गर्ने गरेकी बेनी नगरपालिका–३ तोराखेतकी चेतमाया नेपालीले सुत्केरी अवस्थामा आराम गर्नुपर्छ र चिसो भुइँमा सुत्नुहुँदैन भन्ने थाहा भएपछि यस पटक महीना दिनसम्म आराम गरेको बताउनुभयो ।

“पहिलेपहिले बिरामी हुँदा धामीझाँक्रीकोमा लैजान्थे तर अहिले अस्पतालमा लैजाने गरेका छौँ”, स्थानीय दिलबहादुर सापकोटाले भन्नुभयो, “यहाँका महिलाले सुत्केरी अवस्थामा खतराबाट जोगिन समूहमा मासिक रूपमा छलफल गर्ने चलन बसालेका छन् ।”

महिलालाई पुरुषले पनि सहयोग गर्न थालेको तोराखेतका समाजसेवी सापकोटाले बताउनुभयो । तोराखेतमा महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि रु ३० हजार बराबरको आकस्मिक कोष स्थापना गरिएको र त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने उहाँले बताउनुभयो । यसैगरी महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि सामाजिक परिचालकसमेत व्यवस्था गर्ने बताइएको छ ।

ग्रामीण क्षेत्रमा पानीको सङ्कट 

म्याग्दीका ग्रामीण क्षेत्रमा पानीको अभाव हुँदा स्थानीयवासीको दिनचर्या कष्टकर बनेको छ । जिल्लाको बेनी नगरपालिका–६ पिपलबोट, बेनपा–३ तोराखेत, रघुगङ्गा गाउँपालिकाका रायखोर, कुइनेलगायतका गाउँमा खानेपानीकोे सङ्कट देखिएको छ ।

खानेपानीको अभाव हुँदा पिउन, घरायसी कामकाज गर्न र वस्तुभाउलाई खुवाउन समस्या भएको स्थानीयवासीको गुनासो छ । पानीको अभाव हुँदा गृहिणी र विद्यार्थी बढी मर्कामा परेका छन् । एक गाग्री पानी भर्न बिहानभर कुर्नुपर्ने बाध्यता रहेको छ । यस्तै, पानीको जोहो गर्नुपर्दा विद्यार्थी समयमै विद्यालय जान पाएका छन् ।

२०७२ सालको भूकम्पले मुहान सुकेपछि पानीको समस्या भएको रायखोरकी हेमकुमारी गर्बुजाले बताउनुभयो । “धारामा पर्याप्त पानी नआउँदा पानीको जोहो गर्नै मुश्किल हुने गरेको छ”, उहाँले भन्नुभयो । आवश्यकताअनुसार पानी नहुँदा स्थानीयवासीको जीवनयापन कष्टकर बनेको बेनपा–६ का अर्जुन पौडेलले बताउनुभयो ।

गाउँका करीब २५ घर परिवार एउटा कुवाको भरमा बाँचिरहेका छन् । “पानीको समस्याका कारण व्यक्तिगत सरसफाइका लागि समस्या भएको छ”, पौडेलले भन्नुभयो ।

स्थानीय सरकार आएको २० महीना भइसक्दासमेत आफूहरूले विकासको अनुभूति गर्न नपाएको गुनासो स्थानीयवासीको छ । सङ्घीयताले करको बोझ थोपारेको, तर जनताको दैनिक आवश्यकता पूरा नगरेको स्थानीयवासी रमेश रेग्मीले बताउनुभयो ।

उता, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले यस क्षेत्रमा खानेपानीको सुविधा पु¥याउन गाउँपालिकाले कोशिश गरिरहेको बताउनुभयो । स्थानीयस्तरमा खानेपानीको मूलको खोजी गरी छिट्टै समस्या समाधान गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

सम्बन्धित

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com