ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा ठूलो तरकारी बजार स्थापना


admin
पुस २१, २०७५ शनिबार  १ : ४३ बजे

भक्तपुर, २१ पुस । काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल रु छ करोड ५० लाख लगनीमा शुरु हुनलागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिका–३ बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमाले अथक मेहनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले रु १० मा किनेर एक किलोमिटर पर गठ्ठाघरमा रु ३० मा बिक्री गरेको देखेपछि बिचौलियाको दलाली अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माण गर्न आफू जुटेको नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य एवं युवानेता श्यामसुन्दर बस्नेतले बताउनुभयो ।

मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जान सक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी बस्नेतले १३० सटर र १५० स्टल गरेर २८० तरकारी पसल रहने गरी तरकारी बजार निर्माण गर्नुभएको छ ।

आगामी माघे सङ्क्रान्तिलाई लक्षित गरेर यही पुस २५ गतेदेखि सस्तोमा तरुल बिक्री शुरु गर्ने र माघ १ गतेदेखि सबै तरकारी पाउने गरी सञ्चालन गरिनेछ भने पसल राख्न ७० प्रतिशत सटर स्टल बुकिङ भइसकेको छ ।

“कृषकलाई बजार खोज्न नपर्ने र उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी उपलब्ध गराउने लक्ष्य छ”, बस्नेतले भन्नुभयो, “म राजनीतिक मात्रै होइन, सामाजिक मान्छे पनि हुँ, कृषकले मरिमरि गरेको मेहनत र दुःखको मूल्य नतिर्ने र बिना लगानी ३०० प्रतिशतसम्म नाफा खाने बिचौलियाको अन्त्य गर्ने लक्ष्यले मैले बजार सञ्चालनमा ल्याएको हुँ ।”

“कालीमाटी र बल्खुलगायतका अन्य तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी सङ्कलन गर्ने गरी व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन गर्न चारवटै नगरपालिकाको प्रत्येक वडामा एक तरकारी सङ्कलन केन्द्र खोलिने उल्लेख गर्दै सञ्चालक बस्नेतले तत्कालका लागि १८ स्थानमा सङ्कलन केन्द्र खोलिने बताउनुभयो ।

बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, पिठा, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने उहाँको भनाइ छ ।

बजारको सुरक्षा व्यवस्था पनि चुस्त बनाउन तरकारी बजार प्रवेश गर्न दुई मुख्यद्वारमा र बजारभित्र २४सैँ घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ भने बजारभित्र १८ सिसी क्यामरा जडान गरिएको छ ।

विसं २०५२ देखि विद्यार्थी राजनीति शुरु गरेर तत्कालीन एमाले भक्तपुरको प्रचार विभाग प्रमुख हुँदै हाल नेकपाको जिल्ला कमिटी सदस्यको रूपमा राजनीतिमा उहाँ विगत १८ वर्षदेखि कृषि पेशामा समेत संलग्न रहँदै आउनुभएको छ ।

तरकारी बजार र सङ्कलन केन्द्रबाट प्रत्यक्षरुपमा १०० जनाभन्दा बढीलाई युवा विद्यार्थीलाई रोजगारी प्राप्त हुने तथा प्रत्येक पसलमा गरी करीब ८०० ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाउने सञ्चालक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

सम्बन्धित

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com