ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगोको भरमा बित्छ चेपाङको रात


admin
पुस २१, २०७५ शनिबार  १२ : २८ बजे

चितवन, २१ पुस  ।  पर्यटकीय नगरी सौराहा नजिकै डाँडामा रहेका चेपाङ जातिले आगोको भरमा रात बिताउनुपरेको छ ।

जिल्लाको पहाडी क्षेत्रमा चेपाङको बाहुल्यता छ । त्यहाँ रहेका अधिकांश चेपाङ विपन्न अवस्थाका छन् । उनीहरुले ओढ्न र लगाउनका लागि पर्याप्त लत्ताकपडा नहुँदा आगोको भर पर्नुपरेको हो ।

इच्छाकामना गाउँपालिका–१ हात्तीवाङका बुद्धिबहादुर चेपाङ रातमा आगो निभेपछि ब्युँझिने गरेको बताउनुहुन्छ । आठ सन्तानका बाबु बुद्धिबहादुरले भन्नुुभयो, “आगो बलुन्जेल निन्द्रा लाग्छ, निभेपछि ब्युँझिन्छौँ ।”

चिसोले बालबच्चाको शरीर सुन्निएको र ज्यान काप्ने गरेको उहाँले बताउनुभयो । कालिका नगरपालिकाको वाग्सुराङका रामचन्द्र चेपाङले आगो बाल्न दाउरासम्म पाउन मुस्किल भएकाले बालबालिका जोगाउन कठिन भएको बताउनुभयो । लगाउने कपडा नहुँदा जाडो मौसममा सधैँ आगो ताप्नु पर्दा काम गर्न पनि नसकिएको उहाँले पीडा सुनाउनुभयो ।

सोही क्षेत्रकी रेस्मीका चेपाङले गाउँमा साना बालबालिका र वृद्धवृद्धा बचाउन मुस्किल परेको जानकारी गराउँदै मौसममा कतिपयको जाडोले ज्यान लिने गरेको बताउनुभयो । सिराइचुरीका भीमबहादुर चेपाङ आफ्ना दुई सन्तान जोगाउन मुस्किल परेको बताउनुहुन्छ । लाउने, ओढ्ने कपडा र खाने अन्न पर्याप्त नहुँदा समस्या परेको उहाँको गुनासो छ ।

राजबुकका भक्तबहादुर चेपाङले भन्नुभयो, “आगो तापिरहन्छौँ, जतिबेला निन्द्रा लाग्छ त्यही सुत्छौँ, आगो निभेपछि ब्युँझन्छौँ ।” रातमा उठेर फेरि आगो फुक्ने र केटाकेटी तताउने गरेको उहाँले पीडा व्यक्त गर्नुभयो ।

गाउँमा यतिबेला अलिअलि मकै, कोदो, सुन्तला र सागपात मात्रै छ । बस्तीका चेपाङहरु पैसा भए शहरबाट चामल किनेर ल्याउने गर्दछन् । चेपाङ बाहुल्यता भएको इच्छाकामनाका अध्यक्ष गीता गुरुङ सबैको उस्तै समस्या रहेको बताउनुहुन्छ ।

गाउँपालिकामा २५ हजार जनसङ्ख्या भएकामा नौ हजारभन्दा बढी चेपाङ जाति रहेको उहाँले बताउनुभयो । साह्रै नै गाह्रो भएकालाई बाँड्नका लागि स्थानीय प्रशासनले १५० थान कम्मल पठाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

सम्बन्धित

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com