ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीमा करीब नौ लाखको क्षति


admin

गौशाला, २१ पुस । महोत्तरी जिल्लाको चार स्थानमा गए राति भएको छुट्टाछुट्टै आगलागीको घटनामा करीब रु नौ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गाहा नगरपालिका–६ हतिसर्वा बस्ने उमेशप्रसाद यादवले लगाएको दुई बिघा क्षेत्रफलको उखु खेतमा अचानक आगलागी हुँदा रु आठ लाख मुल्य बराबरको क्षति भएको छ । पीडित उखु किसान यादवका अनुसार कसैले रिसइबीका कारण आगजनी गरिदिएको हो ।

त्यस्तै जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने रामबहादुर सहनीको पोखरीको डिलमा रहेको पानी तान्ने मोटर घरमा विद्युत् सर्ट भई आगलागी हुँदा मोटरघर र मोटरसमेत जलेर रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोनमा गाउँपालिका–४ बस्ने रामकिशोर साहको दुई परालको कुन्यूमा आगलागी हुँदा रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको गौशाला नगरपालिका–२ निगौल बस्ने शेष कलामको घर नजिकै रहेको दुई बिघा खेतको परालमा आगलागी हुँदा करीब ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अवैध सामान बरामद 

भारतबाट भन्सार छली ल्याइएको अवैध सामान गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्लाको सम्सी गाउँपालिका–५ गैँढाभेटपुरस्थित बाटोमा भारतबाट आएको ज१०प ८२०५ नंको मोटरसाइकलमा भन्सार छली ल्याइएको १० प्याकेट राजनिवास गुटखा, चार प्याकेट शिखर गुटखा, चार प्याकेट तुलसी पान मसाला र १० प्याकेट चकलेट प्रहरीले बरामद गरेको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताउनुभयो ।

भन्सार छली भारतबाट ल्याएका सबै सामान प्रहरीले नियन्त्रणमा लिएर मोटरसाइकल र चालकलाई छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com