ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशको योजना तर्जुमाका लागि सुझाव सङ्कलन


admin

म्याग्दी, २१ पुस । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छ ।

बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबाट सुझाव सङ्कलन गरेको हो ।

छलफलका क्रममा म्याग्दी जिल्लाको समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायको विषयगत रूपमा लिखित सुझाव सङ्कलन गरिएको छ ।

सहभागीले म्याग्दीको पर्यटन, जलविद्युत्, कृषि, पशुपालन र वनपैदावारको क्षेत्रमा रहेको सम्भावनालाई गरीबी निवारण, आयआर्जन वृद्धि र जीवनस्तर रुपान्तरणमा मद्दत पुग्ने किसिमका योजना तथा कार्यक्रम तय गर्न सुझाव दिएका छन् ।

म्याग्दीको सम्भावनालाई विकास र आयआर्जनमा रुपान्तरणका लागि पूर्वाधार निर्माण र सामाजिक विकासमा प्राथमिकता दिन सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । भौगोलिक विकटता, सामाजिक पछौटेपन, बसाइँसराइका कारण उत्पन्न जटिलताको समाधानमा प्राथमिकता दिनुपर्ने सुझाव रहेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशको वस्तुगत धरातलमा आधारित रहेर सरोकारवालाको सुझावअनुसार पञ्चवर्षीय योजना बनाउन लागिएको बताउनुभयो ।

गण्डकी प्रदेशका सांसद विनोद केसीले आवश्यकता र समस्याका आधारमा तय गरिएका योजना, नीति र कार्यक्रममा अपनत्व महसुस भई प्रभावकारी कार्यान्वयमा सघाउ पुग्ने भएकाले सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

आयोगका अध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले सरोकारवालाको सुझाव र विषयवस्तुलाई प्रदेशको नीति, योजना र बजेटमा समेटिने बताउनुभयो ।

सामुदायिक स्वास्थ्य एकाइ स्थापना 

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

एक जना अहेवको व्यवस्था गरेर यसै हप्तादेखि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाध्यक्ष जीवन मल्लले बताउनुभयो । एकाइलाई व्यवस्थित, नियमित र प्रभावकारी बनाउन पूर्वाधारको व्यवस्था गरिने अध्यक्ष मल्लले बताउनुभयो ।

पिप्ले पुगेर आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा एकाइ स्थापना भएपछि करीब डेढ सय घरधुरीको बसोबास रहेको मौवाफाँटवासीलाई सहज भएको छ । एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com