ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायिक समितिमा जग्गाको विवाद धेरै


admin
पुस २०, २०७५ शुक्रबार  ४ : ४१ बजे

 

नारायणपुर, २० पुस ।  दाङको घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा जग्गाको विवाद बढी देखिएका छन् । स्थापनाकालदेखि हालसम्म समितिमा १३८ वटा जग्गासम्बन्धी मुद्दा दर्ता भएको समितिका संयोजक तथा उपमहानगरपालिकाको उपप्रमुख सीता सिग्देल न्यौपानेले बताउनुभयो ।

छयालीस वटा मुद्दा मिलापत्रमा टुङ्गो लगाइएको छ भने बाँकी प्रक्रियामै रहेको संयोजक न्यौपानेले बताउनुभयो । १७ महीनाको अवधिमा ३४१ वटा विभिन्न प्रकृतिका मुद्दा छन् । १३८ वटा जग्गाका विवाद समितिमा दर्ता हुनु सङ्ख्यात्मक हिसाबले धेरै भएको संयोजक न्यौपानेले बताउनुभयो ।

‘‘घोराहीमा सबैभन्दा धेरै जग्गा विवाद बढी आउने गरेका छन्, घरकै दाइभाइबीचमा पनि जग्गाविवादको समस्यादेखि छिमेकी र किनबेचमा समेत विवाद देखिन्छ’’ संयोजक न्यौपानेले बताउनुभयो । जग्गाका कूल मुद्दामध्ये अहिलेसम्म ४६ वटा मुद्दा मात्रै टङ्गो लागेको समितिले तथ्याङ्क दिएको छ । बाँकी मुद्दा प्रक्रियामा रहेका छन् ।

दाजुभाइबीच अंश मुद्दा, छिमेकीबीचमा कुलो तथा सिमाना साँधमा कुरा नमिल्दा उत्पन्न भएको समस्या, अन्जान व्यक्ति तथा विचौलियाको भरमा जग्गा खरीद बिक्री गर्दा अप्ठ्यारो भएपछि समितिमा मुद्दा दर्ता हुने गरेको छ । यस्ता मुद्दा टुङ्गो लगाउनसमेत समस्या हुने गरेको संयोजक न्यौपानेले बताउनुभयो ।

न्यायिक समितिले बितेको १७ महीनामा झण्डै १५० मुद्दा मेलमिलापमा टुङ्गो लगाएको छ । दर्ता भएको ३४१ वटा विभिन्न प्रकृतिका कूल मुद्दामध्ये १४२ वटा मुद्दा मिलापत्र गरेर टुङ्गो लगाएको छ । घरेलु हिंसामा ५५ मुद्दामध्ये २४ वटा टुुङ्गिएको छ भने समितिमा घरभाडा, लिखत बदर, गाली बेइज्जती, वातावरण प्रदूषणदेखि, कुटपिट, कुलो पानीलगायतका विवाद पनि आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

सम्बन्धित

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com