ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमाणको आधारमा अनुसन्धान गर्न सिसीटिभीको भूमिका महत्वपूर्ण : महानिरीक्षक  खनाल


admin

रौतहट, २० पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना सङकलनको साथै हरेक अपराधिक क्रियाकलाप निगरानी गरी प्रमाणको आधारमा अनुसन्धान गर्न सिसीटिभीको भूमिका महत्वपूर्ण रहने बताएका छन ।

रौतहटको गौर नगरपालिकास्थित जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उक्त नगरपालिकास्थित शहर केन्द्रित महत्वपूर्ण १० स्थानहरुमा जडित अत्याधुनिक वायरलेस सिसीटिभी तथा मोनिटर कक्षको उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन ।

जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रिय सहभागिता तथा गौर नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले गौर नगरपालिकाको तर्फबाट जोडिएका उक्त सिसीटिभी जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्रविधि सहित हस्तान्तरण समेत गरेका छन ।

साथै उनले सिसीटिभी जडान कार्यमा महत्वपूर्ण योगदान दिने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गरे ।

कार्यक्रममा खनालले प्रविधिमैत्री पुलिसिङलाई सिसीटिभी जडान कार्यले महत्वपूर्ण योगदान दिने चर्चा गर्दै सूचना संयन्त्रलाई अझै मजवुद बनाउने क्रममा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिसीटिभी जडान गरिएको उल्लेख गरे ।

यस कार्यबाट अपराधिक गतिविधि निगरानी गरी अनुसन्धानमा सप्रमाण सहयोगी भूमिका निर्वाह हुने उनले बताए ।

साझेदारी कार्यक्रमले अपराध अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्ने चर्चा गर्दै महानिरीक्षक खनालले साझेदारी कार्यक्रमलाई देशका कुनाकुनामा अझै प्रभावकारी रुपमा विस्तार गर्दै लगिनेमा जोड दिए ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यलाय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पाल, जिल्ला समन्वय समितिका सभापति, रौतहट जिल्लास्थित विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, जिल्लास्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमपछि प्रहरी महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण समेत गरेका छन। निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी कर्मचारीहरुले संगठनको नीति र प्राथमिकताको आधारमा अझै बढी सक्रिय भई जनमैत्री सेवा प्रदान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com