ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिका अझै श्रममा जान बाध्य


admin

घोराही, १९ पुस । घोराही उपमहानगरपालिकाको सहकार्यमा लामो समयदेखि बाल अधिकारको क्षेत्रमा काम गरिरहेको हिमालय शान्ति तथा विकास अभियान (हिप्डेक)ले छ जना बालश्रमिकलाई परिवारमा पुनःस्थापना गरेको छ । हिप्डेकले केही दिन अघि १४ जना बालश्रमिकलाई परिवारमा पुनःस्थापना गरेको थियो ।

हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमका अनुसार परिवारसँगै फर्काइएका बालबालिकालाई शैक्षिक सामग्री र आयआर्जनका लागि परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

उद्धार गरिएका अधिकांश बालश्रमिक ग्यारेज, होटल, गाडी धुलाई, जुत्तापसल जस्ता क्षेत्रमा काम गर्छन् । धेरैजसो बालबालिका होटेलमा काम गर्दै गरेको अवस्थामा भेटिने गरेका छन् ।

पुनःस्थापनाको क्रममा अधिकांशको परिवारमा समस्या हँुदा बालबालिका काममा आउनुपर्ने बाध्यतासमेत देखिएको छ । बाबु आमाले बेवास्ता गर्नु, आर्थिक अवस्था नाजुक हुनु, आमाबाबु नहुनु, भए पनि गैर जिम्मेवार हुनु, पारिवारिक बेमेल हुनुलगायतका समस्यााले बालबालिका काम गर्न बाध्य हुने गरेको संयोजक गौतमले बताउनुभयो ।

“गरीब परिवारका अभिभावक दिनरात जाँडरक्सी खाने र बालबालिकालाई कुटपिट गर्छन् । शिक्षा, स्वास्थ्य, खानपिनमा ध्यान नदिँदा बालबालिका काममा आउने गरेको भेटिन्छ”, उहाँले भन्नुभयो, “त्यसमा पनि केही अभिभावकले त बालबालिकालाई काममा लगाएर त्यसबाट आएको पैसाले जाँडरक्सी खाने वा घर खर्च चलाउने गरेको पनि देखिएको छ ।”

युनिसेफको आर्थिक सहयोग र घोराही उपमहानगरको नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको संस्था हिप्डेकले सन् २०१६, ०१७ र ०१८ मा धेरै बालश्रमिकको विवरण सङ्कलन गरेको छ भने केहीलाई पुनःस्थापना समेत गरेको छ । सन् २०१६ मा ४६०, सन् २०१७ मा ३०५ र सन् २०१८ मा १९३ श्रमिक बालबालिका घोराही क्षेत्रमा भेटिएका थिए ।

संस्थाका कोषाध्यक्ष दुर्गालाल केसीका अनुसार विगत तीन वर्षको अवधिमा संस्थाले ३१८ बालश्रमिकको विवरण निर्माण, २०१ को घटना व्यवस्थापन, १२५ लाई विद्यालय भर्ना, शैक्षिक सामग्री तथा पोशाक सहयोग गरेको थियो । त्यस्तै ११७ बालश्रमिकलाई मनोसामाजिक परामर्श, १०३ को उद्धार तथा पुनःस्थापना, ९४ बालश्रमिका परिवारलाई आर्थिक साहयता र परामर्श दिइएको थियो ।

बाल अधिकारकर्मी एवं पत्रकार केसीका अनुसार हिप्डेकले सन २०१३ मा युनिसेफको आर्थिक सहयोगमा गरेको सर्वेक्षणमा घोराहीमा मात्र ८४८ बालश्रमिक भेटिएका थिए । अहिले २०१८ मा आइपुग्दा घोराही बजारमा ८५ बालश्रमिक भेटिएका छन् । तथ्याङ्कले घोराही बजार क्षेत्रमा बालश्रमिक घटेको तर निर्मूल हुनसकेको देखाएको छ ।

उपमहानगरपालिकाले सबै वडालाई बालमैत्री बनाउने तयारी गरिरहेको छ तर पारिवारिक समस्याले बालबालिका श्रममा लाग्न थालेपछि उनीहरूको पुनःस्थापना, शिक्षा, स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ ।

उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपाने बालश्रमिक न्यूनीकरणको लागि उपमहानगरले धेरै प्रयास गरिरहेको बताउनुभयो । सबै वडामा बालसञ्जाल गठन गर्नेदेखि बालविवाह न्यूनीकरण, बालबालिकाको गाँसबाससँगै शिक्षा, स्वास्थ्यको अधिकारबारे पनि सचेतनाको कार्यक्रम भइरहेको उहाँको भनाइ छ ।

उहाँले आगामी दिनमा बालबालिकालाई काममा लगाउने अभिभावक र काममा राख्ने मालिकलाई नै कारवाही प्रक्रिया थालेर भए पनि बालश्रम शून्यमा झार्ने लक्ष्य रहेको बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहले वडालाई बालमैत्री बनाउने, बालविवाह, लैङ्गिक हिंसा, छुवाछूत, दाइजो, कमलरी, बालश्रम, मानव बेचबिखनजस्ता कुरीतिको अन्त्य गर्ने, गराउने काम गर्नुपर्ने भन्ने उल्लेख गरेको छ । त्यस्तै सडक बालबालिकाको उद्धार र पुनःस्थापनाका लागि लगत सङ्कलन गर्ने जिम्मेवारी तोकेको छ ।

ऐनमा बालश्रम, बालविवाह र जन्मदर्तासम्बन्धी चेतनामूलक सामग्री प्रकाशन र वितरण गर्नुपर्ने, बालबालिका, शिक्षक र अभिभावकलाई बाल संरक्षणसम्बन्धी अभिमुखीकरण गर्नुपर्ने, बालश्रमिक उद्धार समितिको बैठक बसी उद्धार र पुनःस्थापनासम्बन्धी योजना तय गर्नुपर्ने, समुदाय तहमा बाल संरक्षणसम्बन्धी चेतनामूलक भिडियो प्रदर्शनी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com