ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुगड वेभरेज प्रालिका चार कर्माचारीलाई थुनामा राख्न आदेश, मालिक भने फरार


admin
आश्विन ५, २०७४ बिहीबार  १२ : १७ बजे

काठमाण्डौं ५, असोज । जिल्ला अदालतले दुगड ग्रुपद्धारा सञ्चालित दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा कार्यरत चार जना कर्माचारीलाई थुनामा राख्ने आदेश जारी गरेको छ । उनीहरुमाथि लागेको ठगी आरोप प्रमाणित भएपछि अदालतले सो आदेश जारी गरेको हो । बुधबार बसेको न्यायाधीश ऋषिराम निरौलाको इजालसले कम्पनीका अन्य चार जना सेयर होल्डरविरुद्ध पनि अदालतमा हाजिर हुन म्याद जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र अपराध अनुसन्धान महाशाखाको टोलीले गत भदौ १२ गते काठमाण्डौं सतुंगलस्थित रहेको कम्पनीको गोदाममा छापा मारेको थियो । सो क्रममा म्याद गुज्रेका चार सय ड्रम टाटापुरी म्याङगो पल्प फेला पारेको थियो । फ्रुटी बनाउन सोही वस्तु प्रयोग गरीने पाइएपछि उक्त गोदाममा शिल गरिएको थियो ।

अदालतका अनुसार कम्पनीका कर्मचारीहरू प्रमोद मेहता, गाब्रिएल रियाप्टन , मदनबाबु पाण्डे र शिबराज पोखरेलविरुद्ध पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ ।

त्यस्तै कम्पनीका शेयर होल्डरमध्ये मालचन्द्र दुगड, सुरेन्द्रा दुगड, सरदा दुगड र विवेक दुगडविरुद्ध हाजिर हुन म्याद जारी गरिएको छ । उनीहरूलाई ३० दिनभित्र अदालतमा हाजिर हुन म्याद जारी गरिएको हो ।

गत वर्ष पनि दुगड फुड्सको गोदाममा छापा मारेर दुई लाख प्याकेट फ्रुटी नष्ट गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com