ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना बढी हुने सडकमा स्टिलबार लगाइने


एबीसी न्यूज
पुस १३, २०७५ शुक्रबार  ८ : ५७ बजे

डोटी, १३ पुस ।  सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउछाउमा स्टिलबार लगाउन थालिएको छ । जिल्लाका अति संवेदनशील सडक तथा दुर्घटना बढी हुने ठाउँका सडक किनारमा स्टिलबार लगाउन थालिएको हो ।

क्षेत्रीय सडक कार्यालय तथा डिभिजन सडक कार्यालयको सहयोगमा जिल्लाका केआइसिंह राजमार्गका दिपायल, सिलगढी, शान्तिनगर, फुलौट, रामपुर, कालागाढलगायत क्षेत्रका सडक किनारामा स्टिलबार लगाउन थालिएको सडक डिभिजन कार्यालयका महाशाखा प्रमुख रुपकराज भण्डारीले बताउनुभयो ।

“यहाँका अति संवेदनशील तथा दुर्घटना बढी हुने सडक किनारामा स्टिलबार लगाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “स्टिलबार लगाएपछि दुर्घटनामा केही कमी आउने छ ।” जिल्लामा सडक दुर्घटनाका कारण वर्षेनी दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

“कच्ची सडक मात्र नभएर जिल्लामा रहेका पक्की सडकमा पनि वर्षेनी ठूला सवारी दुर्घटना भएको पाइएको छ”, उहाँले भन्नुभयो, “सडकको बनावट र चालकको लापरवाहीले बढी दुर्घटना भएको देखिन्छ, स्टिलबारले दुर्घटना भए पनि रोक्न र छेक्न सक्छ ।”

अत्तरिया दिपायल हँुदै बाजुरासम्मका दुर्घटना बढी हुने सडकमा स्टिलबार लगाइने जानकारी दिँदै सडक डिभिजन प्रमुख भण्डारीले भन्नुभयो, “बढी दुर्घटना हुने तथा जोखिम बढी भएका सडकमा हामीले स्टिलबार लगाउँदैछौँ, स्टिलबारले सवारी दुर्घटना अवश्य रोक्ने छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

फेसबुकमा ‘भाइरल’ उम्मेदवारलाई मतदाताले पत्याएनन् : धमला ६५५ मतमा सीमित

सम्बन्धित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

रवि लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै

संखुवासभामा एमालेका अर्जुन निरन्तर अगाडि, कसको कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com