ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा उत्पादित राँगाको मासु घुम्दै पुग्छ चिनमा


admin

काठमाण्डौं ४, असोज । नेपालमा उत्पादित राँगाको मासु घुम्दै चिन पुग्ने गरेको छ । तर घुमाउदै चिनमा मासु पुर्याउनु भने नेपाली व्यावसायीको रहर नभई बाध्यता बनेको छ । चिनको सरकारले गुणस्तर परीक्षण नगरिएको मासुलाई आयात गर्न दिदैन , सोही कारण व्यवसायीले घुमाउरो बाटो प्रयोग गरेर उत्पादित मासुलाई तेस्रो मुलुक हुदै चिन पुर्याउने गरेका छन् ।

यहाँ उत्पादित मासु भारत, भियतनाम र थाइल्यान्ड हुदै चिन पुग्ने गरेको छ । चीनमा मासुको परिकारको अत्यधिक माग छ । तर, त्यो मागलाई धान्नका लागि सीधा नभई तेस्रो मुलुकको सहारा लिइएको छ । यसै कारण सरकारी अभिलेखमा मासु चीन निर्यात भएको देखिदैन ।

नेपालमा खुलेका मासुजन्य उद्योगमा चिनिया लगानीकर्ताको लगानी छ, जसले नेपाली व्यवसायीसँग साझेदारी गरेका छन् । ती कम्पनीको मुख्य उद्देश्य आफ्नो मुलुकमा रहेको अत्यधिक माग धान्नु हो । र, सीधा निर्यात गर्न नसकिने भएकाले उनीहरुले तेस्रो मुलुकको बाटो अपनाएर चिनिया भूमिमा प्रवेश गराउँछन् ।

नेपालमा हालसम्म चिनिया लगानीमा १० वटा मासु उद्योग खुलिसकेका छन् । तर, तीमध्ये अधिकांश बन्द छन् । वीरगञ्ज र हेटौंडाका उद्योग बन्द भइसकेको व्यवसायीहरुले जानकारी दिए । विदेशमा माग भएअनुसारको उत्पादन गर्न नसक्ने र स्वदेशसी बजारमा मागै नभएका गरेका कारण उद्योगहरु बन्द गर्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाइ छ ।

नेपालबाट उत्पादित मासु अन्य मुलुकको तुलनामा सस्तो पर्छ । नेपालले राँगा र भैंसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायीको भनाइ छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष ०७३र७४ मा ३६ करोड रुपैयाँको राँगा तथा भैंसीको मासु थाइल्यान्ड, भियताम र लाओस निर्यात भएको छ ।

भारतबाट चराउँदै नेपाल भित्र्याइएका राँगा, भैंसी ती उद्योगमा र्पुयाएर काटिन्छ र मासु प्रशोधन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com