ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्धका घाइते तथा अपाङ्ग र गृहमन्त्रालयबीच सहमति


एबीसी न्यूज
पुस १०, २०७५ मंगलबार  ७ : ५८ बजे

काठमाडौँ,१० पुस । विभिन्न माग राखेर अनसन बस्दै आएका जनयुद्धका घाइते तथा अपाङ्ग र गृहमन्त्रालयबीच सोमबार सहमति भएको छ ।

सोमबारको छलफलमा चार बुँदे सहमतिपछि गत मङ्सिर २७ गतेदेखि चलेको अनसन तोडिएको हो ।

सोमबार भएको छलफलमा अनसन टुङ्ग्याउने, थुनामा रहेका युवराज विकलाई आजै रिहा गर्ने, गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते अपाङ्गको उपचार तत्कालै शुरु गर्ने र नेपाल मेडिकल बोर्डले बाहिर लगेर उपचार गर्न सिफारिस गरेकालाई उपचारका लागि पहल गर्ने सहमति भएको छ ।

यस्तै उनीहरुको अनसन र उपचारको क्रममा लागेको खर्च सरकारले बेहोर्ने, उनीहरुका अन्य मागका सम्बन्धमा सरकारलाई सिफारिस गर्न गृहमन्त्रालय जनक्रान्तिका घाइते अपाङ्ग योद्धा सङ्घका प्रतिनिधि र कानून विज्ञ सम्मिलित एक कार्यदल गठन गर्ने सहमति भएको गृहमन्त्रालयले जनाएको छ ।

कार्यदललाई प्रतिवेदन तयार पार्न तीन महिनाको समय दिइएको छ । छलफलमा गृहमन्त्रालयका तर्फबाट सहसचिव ईन्दु घिमिरे र अनसनरत पक्षका तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकाश विक र पार्वती पुन सहभागि हुनुहुन्थ्यो । सहमतिपछि आजै उनीहरुले अनसन तोडेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

फेसबुकमा ‘भाइरल’ उम्मेदवारलाई मतदाताले पत्याएनन् : धमला ६५५ मतमा सीमित

सम्बन्धित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

रवि लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै

संखुवासभामा एमालेका अर्जुन निरन्तर अगाडि, कसको कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com